शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कहिले पनि नआउश मुख नहेर्ने दिन

कहिले पनि नआउश मुख नहेर्ने दिन

  • आइतवार, साउन ११, २०७७
कहिले पनि नआउश मुख नहेर्ने दिन

कहिले पनि नआउश मुख नहेर्ने दिन,
आफ्नै मात्रृत्वको घाटिलाइ शेर्ने दिन।

जिवन जगतमै छ साँचो भने छ मम्ता,
आउँदै न आवस यो साईनो फेर्ने दिन।

जन्माउँने आमा र धर्ति आमा साचोहो,
रहि रहोश सच्चाई का कथा केर्ने दिन।

जहाँछ उज्यालो रहन सक्दैन अँध्यारो,
आउँने छ ज्योतीले अंधकार बेर्ने दिन।

ब्युँतिनेछ त्यो दिन चरा चर जगत पनि,
उदाउछ फेरी मम्ताको दृष्टीले हेर्ने दिन।

कुरा बुझ्छन र सक्किन्छ लोभी लाछी,
अनि उदाउँछ मात्रृत्व आदेश टेर्ने दिन।
सुरेशकुमार पान्डे।२६-०७-२०२०,

चर्चामा

सम्बन्धित समाचार