शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाजुरामा पहिलो पटक छायांकन भएकाे आधुनिक गीतको बिमाेचन ( भिडीयाे सहित )

बाजुरामा पहिलो पटक छायांकन भएकाे आधुनिक गीतको बिमाेचन ( भिडीयाे सहित )

  • शुक्रबार, साउन ९, २०७७
बाजुरामा पहिलो पटक छायांकन भएकाे आधुनिक गीतको बिमाेचन ( भिडीयाे सहित )
बाजुरा– बाजुरामा पहिलो पटक छायांकन गरिएको आधुनिक गीतको एक कार्यक्रमका बिच बिमाेचन गरिएकाे छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो ।
राजेश पायलकाे  निर्देशनमा   मोडल मदन सुनार, मनिशा रोकाया र मधु विक भिडियोको अभिनय रहेकाे छ । हे माया तिमि कहाँ भन्दै फेरी गितकाे बाेल रहेकाे आधुनिककाे छायाङ्कन बाजुरा जिल्लाकाे सदरमुकाम नजिकै रहेकाे बिरेखाेला झरना मार्तडी बजार लगायतका ठाउँमा गरिएकाे निर्देशक राजेश पायलले बताएका छन । चर्चित गायक भद्र वलीको स्वरमा रेडियो प्रेमी वान नेपालगंजका स्याम गिरीको शव्दमा रहेको हे माया तिमि कहाँ गीतको बोल छायाकंन भएको थियाे ।
गीतलाई सदरमुकाम मार्तडी र बडीमालिका नगरपालिकाको विरेखोला झरनामा छायाकंन गरिएको छ । गीतको छायाकंन तपेश जोनले गरेका छन् । भने गीतको निर्देशन राजेश पायल विकले गरेका छन । गीतमा स्वं राजेश पायल, मदन सुनार, मनिसा रोकाया र मधु विकको अभिनय रहेको छ । साे गितले बडिमालिका नगरपालिका तथा बाजुराकाे पहिचान खुलाएकाे छ । सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच साे गित बिमाेचन गरिएकाे छ । त्रिबेणी नगरपालिका नगरप्रमुख रामसिं रावलले एक कार्यक्रमका बिच बिमाेचन गरेका हुन । राजेश पायलकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले ब्यानर अनावरण गरेर र युटुवकाे च्यानल किलीक गरेर  साे गितकाे बिमाेचन गरेका हुन ।
निर्देशक राजेश पायलकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथी त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावल रहेका थिए भने कार्यक्रमकाे बिषिष्ठ अतिथिमा बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल र त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनार रहेका थिए । प्रेम नेपालीले संचालन गरेकाे साे कार्यक्रमकाे स्वागत तपेश जाेनले गरेकाे बताइएकाे छ ।
तलकाे लिकं किलिक गर्नुहाेला ।

चर्चामा

सम्बन्धित समाचार