बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • परिवार योजना र कोभिड-१९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण

परिवार योजना र कोभिड-१९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण

  • मङ्लबार, साउन ६, २०७७
परिवार योजना र कोभिड-१९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण

बाजुराको सदरमुकाम मार्तडीमा परिवार योजना र कोभिड १९ सम्बन्धि स्वयसेविकालाइ अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । आड्रा नेपालको आयोजनामा गरिएको अभिमुखिकरण गोष्ठिमा १६ जना स्वयसेविकाको सहभागिता रहेको थियो ।
युएनएपिए नेपाल, आड्रा नेपाल, स्वास्थ्य कार्यलय बाजुराको सहयोगमा स्वयसेविकालाइ अभिमुखिकरण गरिएको आड्रा नेपालका बाजुरा संयोजक रत्न कायस्तले वताएका छन् । स्वयसेविकालाई सरसफाईको बारेमा जानकारी, परिवार नियोजन सम्बन्धि अभिमुखिकरण गरिएको थियो ।
कोभिड १९ बाट समुदायमा स्वयसेविकाको भुमिकाका बारेमा र समुदायमा स्वयसेविकाले सरसफाई सम्बन्धि चेतना सँगै परिवार योजना सम्बन्धि कसरी सहजिकरण गर्ने बारे सहभागिलाई जानकारी गराएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।
आड्रा नेपालले बाजुरामा प्रजनन स्वास्थ्य, परिवार नियोजन सम्बन्धि काम गरिरहेको छ । आड्रा नेपालले यो भन्दा पहिला त्रिबेणी, स्वामीकार्तिक र जुगाडामा स्वयसेविकलाई अभिमुखिकरण सम्पन्न गरिसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार