शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी युवाहरुलाई जनचेतनामूलक कार्यक्रम

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी युवाहरुलाई जनचेतनामूलक कार्यक्रम

  • सोमवार, माघ ८, २०८०
यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी युवाहरुलाई जनचेतनामूलक कार्यक्रम

बाजुरा —भिजिबल इम्प्याक्ट नाम संस्थाले युवाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी जनचेतनमूलक कार्यक्रम सम्पन्न गरेको छ । भिजिबल इम्प्याक्ट नाम संस्थाको आयोजनामा सोमबार सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका एक सयबढि युवाहरु र बडिमालिका मल्टि टेक्निकलका बिद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धी जनचेतनामूलक सत्रमार्फत कार्यक्रम गरेको हो ।

विगत ७ महिनादेखि विभिन्न जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम गर्दै आएको उक्त संस्थाले बाजुरामा पनि पहिलो पटक सो कार्यक्रम गरेको जनाएको छ । युवाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार, परिवार योजनाका साधनहरुको प्रयोग, सुरक्षित गर्भपतन लगायतका बिषयमा जिल्ला सदरमुकाममा रहेको युवाहरुलाई सचेतना दिन कार्यक्रम गरेको भिजिबल इम्प्याक्टका मानसिंह बिष्टले बताएका छन ।

स्वस्थ र सुखी परिवार नै जीवनको सुखको आधार भएकाले पछिल्लो पिढीका युवाहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा चेतना दिनका लागि सो उक्त कार्यक्रम गरेको प्रशिक्षक गराउदै भिजिबल इम्प्याक्टका बिजयराज जोशीले बताए । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार अन्तर्गत परिवार योजना, सुरक्षित गर्भपतन, गर्भपतन सम्बन्धी नेपालमा कानुनी व्यवस्था लगायतका बिषयमा पोष्ट टेष्टका साथै भिजिबल इम्प्याक्टका प्रतिनिधिबाट प्रशिक्षण गराइएको थियो ।

उक्त कार्यक्रम बिहान १० बजेदेखि १ बजेसम्म पहिलो चरणमा ६० जना बढि युवाहरुलाई सहभागी गराएर सुरु गरिएको थियो भने दास्रो चरणमा पनि ६० जना बढि युवाहरुलाई राखेर कार्यक्रम सम्पन्न गरेको छ ।

यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी जनचेतनामूलक कार्यक्रमको पहिलो चरणमा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्धाटन गरेका थिए भने दास्रो चरणको कार्यक्रममा बडिमालिका नगरपालिका ८ का अध्यक्ष चन्द्र बहादुर रावतले व्यानर बाचन गरेर उद्धाटन गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाजुरा प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिका ८ का अध्यक्ष चन्द्र बहादुर थापा, नगरपालिकाका कर्मचारी, बडिमालिका नगर स्तरिय युवा सञ्जालका अध्यक्ष सन्तोष विक, सचिव बिरेन्द्र रावल, अन्य पदाधिकारी, बास नेपालका पदाधिकारी, बडिमालिका मल्टि टेक्निकलका सोविन रावत, भिजिबल इम्प्याक्टका अनिल जोशी, केशव रोकाया, मानसिंह बिष्ट, बिजयराज जोशी, अन्य युवाहरु लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार