शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • गौमुल
  • कृषि विकास शाखा गौमुल यो वर्षको उत्कृष्ट

कृषि विकास शाखा गौमुल यो वर्षको उत्कृष्ट

  • सोमवार, साउन ५, २०७७
कृषि विकास शाखा गौमुल यो वर्षको उत्कृष्ट

नन्दा थापा — कृषि विकास शाखा गौमुल गाउँपालिका आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट भएको छ । जिल्लाका ९ वटा स्थनिय तहहरु अन्तर्गतका कृषि विकास शाखा मध्येबाट सम्पन्न कार्य सम्पादनको आधारमा गरिएको मुल्याङ्कनका आधारमा गौमुल कृषि विकास शाखा उत्कृष्ट भएको हो ।

गौमुल गाउँपालिकाका सम्पुणर् कर्मचारीको प्रशंसनिय कार्यको कदर गर्दै सम्मान गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुराले मार्तडीमा सञ्चालन गरिएको वार्षिक प्रगती समिक्षा गोष्ठिमा गौमुल शाखालाई नगद रु ५ हजार सहित प्रशंसा पत्रले सम्मा गरिएको ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताउनु भएको छ । जिल्लाका नौ वटा कृषि विकास शाखामध्ये गौमुल गाउँपालिकालाई नगदसहित सम्मान गरिएको उहाँको भनाई छ ।

सम्मानले अझै काममा गर्न लागि प्रेरणा मिलेको कृषि विकास शाखा प्राविधिक रमेश विकले बताउनु भएको छ । उहाँले अझ कृषकसंगको सम्बन्ध सुदृढ बनाउदै गौमुल गाउँपालिकालाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउन प्रयास गर्ने बताउनु भयो । गौमुल गाउँपालिकाले स्थानिय स्तरमा पाईने रैथाने बालीलाई प्राथमिकता दिई स्थानिय उत्पादनलाई प्रोत्साहन गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार