मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • सेतो गुराँस बालविकास केन्द्र बाजुराद्धारा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग

सेतो गुराँस बालविकास केन्द्र बाजुराद्धारा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग

  • शनिबार, साउन ३, २०७७
सेतो गुराँस बालविकास केन्द्र बाजुराद्धारा स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग

पदम सिहं– सेतो गुराँउ बालविकास केन्द्र बाजुराले बाजुराका स्थानिय तहलाई स्वास्थ्य तथा सरसफाई सामाग्री सहयोग गरेको छ । युनिसेफ, छाया नेपाल, FUSIN नेपाल र सेतो गुराँस बालबिकास बाजुराको संयुक्त सहयोगमा सामाग्री हस्तान्तरण गरिएको सेतो गुराँस बालविकास सेवा बाजुराका निर्देशक देबु खातीले वताएकी छन् ।
जिल्लाको बुढिगंगा, त्रिबेणी र बडिमालिका नगरपालिकामा आइसोलेसन तथा क्वारेनटाइनमा रहेका ब्यक्तिहरु तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा सरसफाइ सामाग्री सहयोग गरेको उनले बताइन । बेड, मास्क, सेनिटाईजर, पिपिसेट, थर्मलगन, महिला तथा बालवालिकालाई सेनिटाइजर, प्याड, पेन्टी, हरलिक्स, जग, बाल्टिन सहयोग गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । यो संकटको बेला थोरै भएपनि उहाँहरुको सहयोगले ठुलो राहत भएको शाहले बताएका छन ।


अहिले तिन वटा स्थानिय तहमा सहयोग शुरु गरेको छौ, १० लाख बराबरको सामाग्री सहयोग गरेको संस्थाका निर्देशक देबु खातिले वताएकी छन् । बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामै पुगेर नगरप्रमुख, कार्यकारीको रोहवरमा राखेर सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार