शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • मदिरा सेवन गरि हल्ला गर्ने वडा अध्यक्षलाई पक्राउ गर्दा चौकी ईन्चार्ज सरुवा

मदिरा सेवन गरि हल्ला गर्ने वडा अध्यक्षलाई पक्राउ गर्दा चौकी ईन्चार्ज सरुवा

  • शुक्रबार, साउन २, २०७७
मदिरा सेवन गरि हल्ला गर्ने वडा अध्यक्षलाई पक्राउ गर्दा चौकी ईन्चार्ज सरुवा

बाजुरा २ साउन — बाजुराको डोगडी प्रहरी चौकीका ईन्चार्ज ¬(असइ) नारायणसिंह धामी डोगडि गएको तीन महिनामै सरुवा भएर जिल्लामा तानिएका छन् । उनी त्यहाँ बिवादित हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मार्तडी तानेको हो ।
धामी चैत २३ गते डोगडि चौकिमा इन्चार्जको जिम्मेवारी पाएर डोगडी सरुवा भएर गएका थिए । बाजुरा बझाङ्गको सिमा क्षेत्र तथा खप्तड छेडेदह गाउपालिकालाई सुरक्षासेवा र अपराधिक क्रियाकलाप निन्त्रणको लागि लकडाउन अबधिमै डोगडि पठाएको थियो ।
सरुवा भएर गएको केही दिनमै ठुलै धनराशी सहित बिभिन्न समयमा १२ जना त्यो क्षेत्रका जुवाडी पक्राउ ग¥यो । बझाङ्ग जिल्लाको सिमाना हुदै सौफी नामक अबैध बदिरा ठुलै संख्यामा पक्राउ गरेको थियो । उनको नेतृत्वमा रहेको प्रहरी चौकी डोगडीमा एक पछि अर्को राम्रो काम गर्दै गए ।
कोभिड १९ को महामारीले लकडाउन भएको समयमा सुरक्षाको हिसावले धेरै राम्रो काम गरेको थियो, अन्य अपराधिक क्रियाकलाप तथा शान्ति सुरक्षामा राम्रो भएको थियो, किन यति चाडै जिल्ला तानिए आफू अन्योलमा भएको खप्तड छेडेदह गाउपालिका अध्यक्ष नरबहादुर रावलले बताए । उहा आएपछि जुवा तथा मदिरा नियन्त्रणमा निकै राम्रो काम गरेको रावतले बडिमालिका खबरलाई बताए ।
खप्तड छेडेदह गाउपालिकाले स्थानिय तहको निबार्चन भएको दोस्रो आर्थिक वर्षबाट कार्यपालिकाको बैठकले नै गाउपालिकालाई मदिरा निषेधित गाउपालिका बनाउने निर्णय गरेको थियो । आफैले गरेको निर्णयको पालना नगरी मदिरा सेवन गरेको समयमा कार्यपालिकाका पदाधिकारी तथा जनप्रतिनिधि पटकपटक पक्राउ परिरहेकै थिए । असार ३१ गते वडा नम्बर ३ का वडा अध्यक्ष दिपक रावतले गाउपालिका र चौकी नजिकै होटलमा मदिरा खाएर हल्ला गरिरहे । राति २ बजेसम्म हल्ला गरिरहेका रावत बिहानाको समयमा पक्राउ परे ।
अर्को रहस्य त के छ भन्दा मदिरा सेवन गरे नगरेको जाँच गर्ने ठाँउमा स्वास्थ्यकर्मीले मदिरा सेवन नै नगरेको भनेर प्रमाणित गरिदिए । वडा अध्यक्ष रावत बिहान पक्राउ परे साझ डोगडी प्रहरी ईन्चार्ज नारायणसिंह धामी जिल्ला तानिएका छन् । ईन्चार्ज धामी एक्कासी जिल्ला तानिदा त्यहाँका स्थानिय चकीत भएका छन् । राम्रो काम गर्ने जुनसुकैलाई पनि काम गर्ने बाताबरण नहुने रैछ त्यहाँ स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी टंकप्रसाद भट्टराईले नारायणसिंह धामीले काम राम्रो गरे बाफत यसै वर्ष जिल्लाबाट पुरुष्कार गरिएको बताए । शान्ति सुरक्षामा धामीले राम्रै काम गरेको छ । जनता साथमा भएको समयमा केही ब्यक्तिको गुनासो मदिरा सेवन गरेको मान्छेलाई कुटपीट गर्ने गरेको भन्दै गुनासो आएपछि जिल्ला तानेको डिएसपीले बताए । उनले खुल्न नचाएपनि केही शक्तिवालाको दवाफमा जिल्लामा तानिएको बुझिन्छ ।
असई धामी डोगडी गएको छोटो समयमा जुवा तथा मदिरा नियन्त्रणमा र शान्ति सुरक्षाममा राम्रो काम गरेका थियो । केही ब्यक्तिको गुनासोका कारण दुर्घटना हुनु भन्दा जिल्ला तानेको भट्टराईले थपे । धामी जानु भन्दा पहिला प्रहरीले जुवातास र रक्सिबाट कमिसन खाने गरेको गुनासो आइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार