शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • अबरुद्ध साफेँ मार्तडी सडक अगाडी डोजर राेड बनाउदै, पछाडी भत्कीदै

अबरुद्ध साफेँ मार्तडी सडक अगाडी डोजर राेड बनाउदै, पछाडी भत्कीदै

  • शुक्रबार, साउन २, २०७७
अबरुद्ध साफेँ मार्तडी सडक अगाडी  डोजर राेड बनाउदै, पछाडी भत्कीदै

बाजुरा — बाजुरा जिल्लाको साफेँ मार्तडी सडक खण्ड दुई साता देखि अविर वर्षा सगै आएको पहिरोले सडक अबरुद्ध रहेको छ । अविरल वर्षासगै आएको पहिरोले बाजुरा जिल्ला को बुढीगंगा नगरपालिका वडा न १ अम्कोटमा सडक भासीदै गए पछि दुई साता देखि सवारी साधनहरु संचालन हुन सकेका छैनन् । पहिरोले सडक अबरुद्ध भए पछि  डोजर लगाएर सडक खोल्न लागेका भए पनी अगाडी डाेजर बाटाे बनाउदै पछाडी भत्कीदै गएकाे स्थानीयले बताएका छन ।

सडक अबरुद्ध भएपछि दैनिक उपभोग्य सामानको महगीं बढेको ,यात्रुहरूलाई सहज यात्रा गर्न कठिनाई भएको र विशेष गरि विश्व ब्यापि रूपमा फैलियको कोराना विरामी र अन्य ईमर्जेन्सी विरामिहरूलाई समेत आवतजावतमा अप्ठ्यारो भएका कारण सडक छिटो निकासा होस भने उदेश्यका साथ जिल्लाका सराेकारवाला निकाय लागेका भए पनी बाटाे बनाउन निकै कठिन रहेकाे स्थानियले बताएका छन । सडक बनाउन लगाएकाे डाेजरले सडक बनाउदै गएकाे भए पनी पछाडी खनेकाे सडक पहिराेले पुरीदै गएकाे स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार