शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९७८ पुग्यो

सुदूरपश्चिममा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९७८ पुग्यो

  • बुधबार, असार ३१, २०७७
सुदूरपश्चिममा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९७८ पुग्यो

सुदूरपश्चिम प्रदेशमा आज २२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १९, डडेल्धुरा अस्पतालको प्रयोगशालामा दुई र सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा एक गरी आज २२ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै दुई जनामा संक्रमण पुष्टि भएको छ। सुर्खेत प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा अछामका एक जनामा कोरोना पुष्टि भएको डाक्टर गौतमले बताए। यता धनगढीमा भएको परीक्षणमा १९ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १२ पुरुष र सात महिलासहित १९ जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका वडा नम्वर १ का चार महिला, अछामको चौरपाटी गाउँपालिका वडा नम्वर ५ का दुई महिला र अछामको साँफेवगर नगरपालिका वडा नम्वर ११ का दुई पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।

उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा दुई सय ३६ जनाको कोरोना परीक्षण भएको छ। आज २२ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ७८ पुगेको छ। संक्रमित मध्ये एक हजार पाँच सय ८५ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार