शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गर्भवती भएपछि पेटमा ‘स्ट्रेच माक्र्स’ छ ? घरमै बनाउनुस् यस्तो औषधि

गर्भवती भएपछि पेटमा ‘स्ट्रेच माक्र्स’ छ ? घरमै बनाउनुस् यस्तो औषधि

  • बुधबार, असार ३१, २०७७
गर्भवती भएपछि पेटमा ‘स्ट्रेच माक्र्स’ छ ? घरमै बनाउनुस् यस्तो औषधि

एजेन्सी – सामान्य वा शल्यक्रिया गरेर बच्चा जन्माएका महिलाहरुको पेटमा ‘स्ट्रेच माक्र्स’ बस्छ । गर्भवती भएको अवस्थामा पेटको छाला तन्किएर बसेको धर्साका कारण धेरै महिलाहरुलाई पछि निकै समस्या पर्ने गर्छ ।  गर्भवती भएको १३ देखि २१ हप्तामा पेटमा यस्तो धर्सा बस्न सक्छ । करिब ९० प्रतिशत महिलाहरुमा गर्भवती भएको समयमा पेट, तिघ्रा, पुठ्ठा र स्तनमा गुलाबी, रातो, खैरो वा प्याजी जस्ता रङ्गका धर्सा बस्न सक्छ । यस्ता, धर्साका कारण महिलाहरुलाई सौन्दर्य समस्या पर्न सक्छ । त्यसले यसका लागि घरमै औषधि बनाउन सकिन्छ ।

किन हुन्छ ‘स्ट्रेच मास्र्क’
–गर्भवती भएको समयमा पेट बढ्ने र तौल बढ्ने कारण
–हर्मोनमा आउने परिवर्तन

केमिकलयुक्त क्रिम
बजारमा थुप्रै प्रकारका क्रिमहरु भेटिन्छन् । बजारमा पाइने यस्ता स्ट्रेच मास्र्क हटाउने क्रिमहरुमा केमिकलको मात्रा प्रसस्थ हुन्छ । यसले झनै छालामा नोक्सान पुर्याउँछ ।

घरमै बनाउनुस् यस्तो तेल
जोजोबा तेल–२०० ग्राम
भिटामिन ई क्याप्सुल–३
शिया बटर – १० ग्राम
ल्याभेन्डर एसेन्शियल तेल – १० थोपा

बनाउने तरिका
माथि दिइएका तेललाई एउटा प्यानमा मिसाएर हल्का तातो बनाउने । र यसमा शिया बटर हालेर मन्द तापमा केही समय पकाउने । त्यसपछि तेल राम्रोसँग पाकेपछि त्यसलाई चिसो बनाउने र बोतलमा हालेर राख्ने ।

कसरी प्रयोग गर्ने ?
स्ट्रेच माक्र्स भएको ठाउँमा तयार भएको तेल लगाएर हल्का मसाज गर्ने । त्यसको ३० मिनेटसम्म तेल सोसिन दिने । त्यसपछि ताजा पानीले नुहाउने । हरेक दिन एक पटक यसरी मसाज गर्दै जाने हो भने केही दिनमा नै यस्तो धर्सा गायब हुनसक्छ ।

के फाइदा छ ?
भिटामिन ई, भिटामिन बी , कपरका साथै यस तेलमा थुप्रै प्रकारका पोषक तत्त्वहरु पाइन्छन् । जसले दागहरु मेटाउने काम गर्छ । साथै, यसले छालालाई नरम बनाउँछ । जसले चिलाउने, एलर्जी जस्ता समस्या कम हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार