मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश १
  • हालसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित ?

हालसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित ?

सबैभन्दा बढी संक्रमित प्रदेश २ मा चार हजार ३९२

  • मङ्लबार, असार ३०, २०७७
हालसम्म कुन प्रदेशमा कति कोरोना संक्रमित ?

नेपालमा हालसम्म १७ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश २ मा देखिएका छन् । जसमा चार हजार ३९२ जना संक्रमित रहेका बताए ।

त्यसैगरी, सबैभन्दा कम प्रदेश १ मा कोरोना संक्रमित रहेका छन् । जसमा ७७५ जना रहेका उनले जानकारी दिए ।  उनका अनुसार बागमती प्रदेशमा हालसम्म ८२१ जना, गण्डकी प्रदेशमा एक हजार २७८ जना, प्रदेश ५ मा चार हजार ९२ जना रहेका छन् ।  कर्णाली प्रदेशमा एक हजार ९५६ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ९५६ जना संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार