मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • एलिना, समीक्षा र रचनाले ल्याए तीज गीत ‘आयौं चेली’

एलिना, समीक्षा र रचनाले ल्याए तीज गीत ‘आयौं चेली’

  • मङ्लबार, असार ३०, २०७७
एलिना, समीक्षा र रचनाले ल्याए तीज गीत ‘आयौं चेली’

गायिका एलिना चौहान, समीक्षा अधिकारी र रचना रिमालको स्वरमा नयाँ तीज गीत ‘आयौं चेली’ पनि सार्वजनिक भएको छ। घर तथा माइतीका चेलीबीच हुने सम्बन्ध गीतमा प्रस्तुत छ। आधुनिक शैलीमा मौलिक भाका र बाजामा तयार भएको उक्त गीतमा घनश्याम ओलीको शब्द छ भने दिपक शर्माको संगीत छ। नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको गीतको भिडियो सरोज ओझाको निर्देशनमा तयार भएको हो। गीत ‘गज्जब टिभी’ युट्युव च्यानल मार्फत बुधबार सार्वजनिक भएको हो।

कुनै समय तीज गीत भन्ना साथ महिला दिदी-बहिनीको स्वरमा घर र माइतीका विषय बढी हुन्थे। ‘आयौं चेली’ मा यसैलाई विषय बनाइएको छ। ‘बिहे गरी पठाउँछन् छोरीलाई घर खान, तीजमा फेरि बोलाउँछन् माइती दर खान..’ गीतको शब्दले घर र माइतीको सम्बन्ध जोडेको छ।

पछिल्लो समय एलिना चौहानको स्वरमा रहेको ‘के माया लाग्छ र?’ गीत निकै चर्चित छ। उनै गायिकाको ‘आयौं चेली’ पनि चौबीस घन्टाभित्रै ट्रेन्डिङमा पर्न सफल भएको छ।

चर्चामा

सम्बन्धित समाचार