• होमपेज
  • समाज
  • बझाङको पहिरोबाट विस्तापित परिवारका लागि व्यवसायी हमालद्वारा ५१ हजार सहयोग

बझाङको पहिरोबाट विस्तापित परिवारका लागि व्यवसायी हमालद्वारा ५१ हजार सहयोग

  • शनिबार, असार २७, २०७७
सेयर गर्नुहोस् :
बझाङको पहिरोबाट विस्तापित परिवारका लागि व्यवसायी हमालद्वारा ५१ हजार सहयोग

 बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा अविरल वर्षासँगै आएको पहिरोमा परी विस्तापित परिवारका लागि धनगढीका व्यवसायी गोपाल हमालले ५१ हजार सहयोग गर्ने घोषणा गरेका गरेका छन्।

दिनेश संञ्चार गृहका प्रबन्ध निर्देशक, सुन्दर सुदूरपश्चिमका अभियान्ता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रित सदस्य समेत रहेका हमालले पहिरोबाट विस्तावित परिवारलाई राहत वितरण गर्न ५१ हजार सहयोग गर्ने घोषणा गरेका हुन्। असार १९ गते राति गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा गएको पहिरोले ६ जनाको ज्यान लिएको थियो भने १९ परिवारका २० घर बगेका थिए। एक जना अझै वेपत्ता छन्।

उक्त घटनापछि बझाङ कैलाली सम्पर्क समितिले धनगढीमा राहत संकलन सुरु गरेको छ। सोही अभियानमा हमालले पनि सहयोग गर्ने घोषणा गरेको समितिका सचिव ज्योतीप्रकाश जोशीले बताए। यस्तै अहिलेसम्म धनगढीकै विभिन्न व्यक्तीहरुबाट सहयोग प्राप्त भएको उनले बताए। उनका अनुसार मुरलीधर जोशीले ११ हजार, कैलाली अस्पतालले पाँच हजार एक सय, गौरीशंकर डेन्टल क्लीनिक प्रालीले ६ हजार, ईन्द्र भण्डारीले ५ हाजार, नेपाल टेलीकम धनगढीका प्रमुख सुरतबहादुर मल्लले २५ सय सहयोग गरेका छन्।

उक्त राहत संकलन अभियानमा सहयोग गर्न इच्छुकले नेपाल राष्ट्र बैंकको खाता नम्बर ४४९००००१११०१ मा रकम जम्मा गर्न सक्ने छन्। बझाङ कैलाली सम्पर्क समिति विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार