मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता

स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता

  • शनिबार, असार २७, २०७७
स्वार्थ र शर्तसहित जोडिने एक रहस्यमयी मित्रता

मित्रता थरीथरीका हुन्छन् । कतिपय मित्रता निस्वार्थ हुन्छन् । स्वार्थ र अपेक्षा यस्तो तत्व हो, जसले मित्रतालाई दुई चिरा पार्छ । जबकी कतिपय मित्रता भने यही दुई तत्वको कारण जोडिन्छ । अर्थात आपसी स्वार्थ र अपेक्षाले दुई फरक व्यक्तिलाई एउटै अंगालोमा बाँधिदिन्छ । हामीकहाँ मित्रतालाई पवित्र एवं हार्दिकतापूर्ण सम्बन्ध मानिन्छ । एकअर्कासँग खुसी साट्न र दुःख बाढ्नका लागि मित्रताको खाँचो औंल्याइन्छ । जब जब मित्रताको प्रसंग आउँछ, कृष्णजी र सुदामाको कथा स्मरण हुन्छ । मित्रतामा न जात, न भूगोल, न उमेर, न बर्ग हेरिन्छ ।

तर, आधुनिक समाजमा मित्रताको आयम र परिभाषा बद्लिदै गएको छ । पछिल्लो समय त स्वार्थसहितको मित्रताले अरु मौलाउने मौका पाएको छ । खासगरी शारीरिक सुखभोग प्राप्त गर्ने उदेश्यले यस्तो मित्रता जोडिने गरिन्छ । यसमा दुबैको स्वार्थ एकै हुन्छ । आपसी स्वार्थ मिलेकाले नै उनीहरु पनि एकाकार हुन्छन् ।

एक चलचित्रले बदलेको परिभाषा

एक हलिउड चलचित्र, जसले मित्रताको आयम फरक ढंगले पेश गरिदियो । चलचित्र नाम, फ्रेन्ड्स विथ बेनिफिट्स । सन् २०११ जस्टिन टिम्बरलेक र मिल्ला कुनिस अभिनित यो चलचित्रबाट वैंशालु जोडी थप उक्सिए । उनीहरुमा कस्तो मनोविज्ञान विकास भयो भने, मित्रताबाट शारीरिक सम्बन्धको फाइदा लिन सकिन्छ ।

हुन त यस किसिमको सम्बन्ध विगतमा पनि हुन्थ्यो । शारीरिक सुखभोगकै लागि कतिपयले मित्रताको साइनो जोड्थे । मित्रताको आडमा उनीहरु केवल शारीरिक सुखभोग गर्थे । तर, यसलाई उनीहरुले सकेसम्म लुकाउने यत्न गर्थे । अहिले भने कतिपयले खुलेरै यस किसिमको मित्रता गाँस्ने गरेका छ्न ।

मित्रताको सर्त र स्वार्थ

खासगरी विपरित लिंगी साथी बनाउने । नजिक हुने । शारीरिक सुखभोग लिने । उनीहरुको सम्बन्ध यतिमै सीमित हुन्छ । यसमा उनीहरुको भावना जोडिदैन । त्यसैले यस्तो मित्रता जोडिनु र तोडिनुले पनि कुनै असर गर्दैन । यसमा दुबै पार्टनरको स्वार्थ र सर्त त्यती नै हो । अर्थात दुबै शारीरिक सम्बन्ध स्थापित गर्नकै लागि मित्रता जोड्छन् । यसलाई साथी हुनुको फाइदा भन्ने गरिन्छ ।

मित्रतामा स्वार्थ हुँदैन भन्ने धारणा विपरित यस किसिमको सम्बन्धमा सर्तहरु लागु गरिन्छ । हुन त यो पश्चिमा संस्कृतिको उपज हो । किनभने त्यहाँको समाज यौनमा उदार छन् । उनीहरु वान नाइट स्टेदेखि क्याजुअल सेक्ससम्म खुला छन् । तर, यस्तो सम्बन्धमा पुरुषहरु बढी रुची राख्छन् । लन्डन विस्कौन्सिक यू क्लेयर युनिभर्सिटीबाट ४ सय वयस्कमाथि गरिएको एक सोधमा थाहा भयो कि, पुरुष र महिलाको वीच जब मित्रता हुन्छ, त्यसमा अक्सरले पुरुषहरु शारीरिक सुखभोगको इच्छा राखिरहेका हुन्छन् ।

पुरुषहरु सहज सेक्स र एक्स्ट्रा म्यारिटल अफेयरको चाहनामा अफिस, छिमेकी र अनलाइनमा समेत त्यस्ता सम्बन्ध खोजिरहेका हुन्छन्, जोसँग शारीरिक सुख भोग गर्न पाइन्छ । जब उनीहरुको इच्छा पुरा हुँदैन, तब आफ्ना साथीसँग फ्रेन्ड्स विथ बेनिफिट्सकोको रुपमा सेक्स सम्बन्ध बनाउने सर्त राख्छन् । यस्तोमा कतिपय साथी भने सर्त स्विकार्न तयार हुँदैनन् ।

हुन त यस किसिमको सम्बन्ध बनाउन पुरुष मात्र अगाडि सर्ने होइन । महिला पनि फ्रेन्ड्स विथ बेनिफिट्सको आडमा सेक्सुअल फ्रिडम खोज्छन् । यसमा अक्सर त्यही महिला हुन्छन्, जो बिग्रदो दाम्पत्यको शिकार भएका हुन्छन् वा डिभोर्सी ।यौनको इच्छा पुरा गर्नका लागि कुनै अनजान व्यक्तिसँग डेटमा जाने भन्दा पनि आफुले चिनेजानेकै साथीसँग यौनबाट तृप्त हुने इच्छा राख्छन् ।

यस किसिमको सम्बन्ध भावनात्मक हुँदैन, शारीरिक मात्र हुन्छ । साथै यसमा कुनै प्रतिवद्धता, हस्तक्षेप हुँदैन । तर, डराउनुपर्छ हामीकहाँ यौनका कुरालाई गोप्य राख्नुपर्छ भनिन्छ । तर, शारीरिक सुखभोगकै लाग साथी बनाउने र सम्बन्ध स्थापित गर्ने प्रवृत्तिले गोपनियता र विश्वासलाई ठाउँ दिदैन । कुनैपनि बेला यस्तो सम्बन्धले जोखिममा पु¥याउन सक्छ ।

जस्तो, यस्तो सम्बन्ध असुरक्षित हुन्छ । यसले गर्भ रहनेदेखि यौनजन्य संक्रमण सर्ने भय रहन्छ । महिला साथीले चित्त नबुझाएको अवस्थामा शारीरिक शोषण भएको आरोप लगाउन सक्छन् । पुरुष साथीले गोप्य रुपमा वा सहमतिमै भिडयो खिचेर सार्वजनिक गरिदिन सक्छन् ।

चर्चामा

सम्बन्धित समाचार