बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको ७ औँ नगरसभा सम्पन्न

त्रिबेणी नगरपालिकाको ७ औँ नगरसभा सम्पन्न

  • शुक्रबार, असार २६, २०७७
त्रिबेणी नगरपालिकाको ७ औँ नगरसभा सम्पन्न

बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाको ७ औ नगरसभा सम्पन्न भएको छ । बिभिन्न बजेट सहित नगरसभा सम्पन्न भएको नगरपालिकाले जनाएको छ । यस बर्ष आर्थिक कृषि तथा पशु क्षेत्रमा लगानी गर्ने उदेश्यका साथ बजेट सहित नगर सभा सम्पन्न भएको नगरपालिका उपप्रमुख राधिका सुनारले बताएकी छन् ।
यस बर्ष अर्थिक बिकासमा २ करोड ६० लाख भौतिक पुर्वाधारतर्फ ४ करोड बातावरण तथा बिपतमा २ करोड सुशासन प्रबद्धन सस्थागत बिकास सेवा तर्फ १ करोड लगायतका क्षेत्रमा बजेट बिनियोन गरेको नगर प्रमुख रामसिंह रावलले बताएका छन् ।
त्यसै गरी पुश क्षेत्रको प्रबद्धनका लागि ५३ लाख उद्योग बाणिज्यमा १६ लाख ५० हजार सहकारी १ लाख ५ण् हजार सामाजिक बिकासमा २ करोड ४८ लाख शिक्षा क्षेत्रमा ९१ लाख ४८ लाख स्वास्थ्य क्षेत्रमा ९३ लाख ३६ हजार , खानेपानी तथा सरसफाई क्षेत्रमा १९ लाख कृषि क्षेत्रमा १० लाख खेलकुद बिकासमा १४ लाख १० हजार लैगिक क्षेत्रमा ६ लाख समुदाय उपप्रमुख कार्यक्रममा १२ लाख ९० हजार बजेट बिनियोजना भएको नगर प्रमुख राजवलले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार