शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा पोषणझोला बितरण

त्रिबेणी नगरपालिकामा पोषणझोला बितरण

  • बिहिबार, असार २५, २०७७
त्रिबेणी नगरपालिकामा पोषणझोला बितरण

चक्र बहादुर अएडी —बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा सुनौला हजार दिनका आमालाई पोषण झोला बितरण कार्य जारी रहेको छ । नेपाल सरकार र युनिसेफको आर्थिक सहयोग तथा त्रिबेणी नगरपालिकाको समन्वयमा त्रिबेणी नगरपालिकामा पोषण झोला कार्यक्रम सुरु गरिएको त्रिबेणी नगरपालिका उपप्रमुख राधिका सुनारले बताएकी छन । त्रिबेणी नगरपालिकाका ११ सय ७५ जना सुनौला हजार दिनका आमाहरुलाई पोषण झोला बितरण गर्ने कार्यक्रम अन्तरगत आज सोही नगरपालिका वडा न ९ का महिलाहरुलाई पोषण झोला बितरण गरिएको त्रिबेणी नगरपालिका वडा ९ का वडा अध्यक्ष बिर बहादुर बिष्टले जानकारी दिएका छन् ।


नगरपालिकालाई नै कुपोषण मुक्त गर्ने उदेस्यका साथसुनौला हजार दिनका आमाहरुलाई पोषण झोला अन्तरगत प्रति ब्यक्ती ५ किलो चामल २ किलो दाल ३ किलो चिनी लगायतका साम्रगीहरु बितरण गरीएको त्रिबेणी नगरपालिका पोषण संयोजक राजेश थापाले बताएका छन् । असार २ गते देखी सुरु गरीएको कार्यक्रम आज वडा न ९ काे रत्न माबिमा बितरण कार्य  भएको संयाेजक थापाले बताए । वडा अध्यक्ष बिर बहादुर बिष्टको अध्यक्षतामा वडामा रहेका सुनौला हजार दिनका आमाहरुलाइ सो साम्रगी बितरण गरिएको थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार