शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सम्बन्ध जोड्नभन्दा जोगाउन गाह्रो छ, यी हुन् सम्बन्ध जोगाइराख्ने तरिका  थप सामग्री

सम्बन्ध जोड्नभन्दा जोगाउन गाह्रो छ, यी हुन् सम्बन्ध जोगाइराख्ने तरिका  थप सामग्री

  • बुधबार, असार २४, २०७७
सम्बन्ध जोड्नभन्दा जोगाउन गाह्रो छ, यी हुन् सम्बन्ध जोगाइराख्ने तरिका   थप सामग्री

सम्बन्ध बरफको ढिक्का जस्तै हुन्छ । जसलाई सजिलै जमाउन त सकिन्छ तर, जोगाइ राख्न भने गाह्रो हुन्छ । सम्बन्ध ४ प्रकारका हुन्छन् । रगतको सम्बन्ध, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध र भावनात्मक सम्बन्ध । रगतको नाता वा सम्बन्ध भलै हामीलाई जन्मदेखि नै मिलेको हुन्छ । तर, त्यो सम्बन्धलाई निभाउनु पनि त्यत्तिकै जरुरी हुन्छ ।

जान्नुहोस् सम्बन्धलाई मजबुत बनाउने ३ तरिकाहरू
मर्यादा निभाउने
सम्बन्धचाहे जस्तोसुकै किन नहोस्, चाहे त्यो रगतको सम्बन्ध होस्, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध या त भावनात्मक सम्बन्ध । हरेक सम्बन्ध निभाउनका लागि मर्यादा तय गरिनु जरुरी हुन्छ । मर्यादाको कुरा गर्दै गर्दा कुनै पनि सम्बन्ध एकतर्फी हुँदैन, त्यसैले मर्यादा पनि दुवै पक्षलाई ध्यानमा राखी तय गर्नुपर्दछ ।

आर्थिक तनाव
वर्तमान समयमा सबै सम्बन्धलाई सिध्याउने पहिलो अनि मुख्य कारण आर्थिक तनाव बन्ने गरेको छ । समयसँगै महँगी तथा जिम्मेवारीहरू बढ्दै जान्छन् । तर, आम्दानी भने जहाँको त्यही हुन्छ । यस्तो अवस्थामा सम्बन्धमा रहेका कोही एकले पैसाको आवश्यकता ठान्छ र त्यसलाई पूरा गर्न सकिएन भने त्यत्तिकैमा सम्बन्छ टुटेर जान्छ ।

सम्बन्धमा दूरी पनि जरुरी
कहिलेकाहीँ हामी सम्बन्धमा हदैसम्म झुकाव भएको महसुस गर्ने गर्दछौँ । जबकि अर्को मान्छेलाई कुनै वास्ता नै हुँदैन । यस्तो अवस्थामा हामी केही हदसम्म दूरी बनाइराख्नु जरुरी हुन्छ । किनकि थौरै समयको दूरीले सम्बन्धमा धेरै न्यानोपन ल्याउन सक्दछ ।

यी कुरामा पनि ध्यान दिऔँ

छोराछोरी दुवैको ससुरालीमा नम्रता कायम गरौँ ।
आमाबुबा र छोराछोरीबीच जेनेरेसन ग्याप भएको कुरालाई स्वीकार गरौँ ।
आफ्नो घमण्डलाई कहिल्यै पनि सम्बन्धमा आउन दिनु हुँदैन ।
एकअर्कासँग कुनै पनि कुरा नलुकाउनुहोस् ।
आफ्नो आन्तरिक समस्या अरुलाई नभन्नुहाेस् ।
यदि प्रेम सम्बन्धमा हुनुहुन्छ भने एकअर्कोलाई भरोसा गर्नुहाेस् ।
पारिवारिक अवस्थालाई हेरेर सम्बन्ध नबनाउनुहाेस्
सानोठूलो सबैको सम्मान गर्नुहाेस् ।

चर्चामा

सम्बन्धित समाचार