शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पर्यटन
  • चीता: प्रतियोगितामा सङ्कटापन्न वन्यजीव चीताका उत्कृष्ट तस्बिर

चीता: प्रतियोगितामा सङ्कटापन्न वन्यजीव चीताका उत्कृष्ट तस्बिर

  • बुधबार, असार २४, २०७७
चीता: प्रतियोगितामा सङ्कटापन्न वन्यजीव चीताका उत्कृष्ट तस्बिर

बिबिसी — ‘रिमेम्बरिङ वाइल्डलाइफ’ नामक पुस्तक शृङ्खलाले आयोजना गरेको एउटा प्रतियोगितामा चीताहरूका १० वटा तस्बिर सर्वोत्कृष्ट ठहरिएका छन्। उक्त प्रतियोगितामा २,४०० फोटोग्राफरले केन्या, नामिबिया, टान्जानिया र दक्षिण अफ्रिकामा खिचेका तस्बिरहरू पठाएका थिए।

ती १० तस्बिर आगामी अक्टोबर महिनामा ‘रिमेम्बरिङ चीटाज’ नामक पुस्तकमा विश्वका अग्रणी वन्यजन्तु फोटोग्राफरले नि:शुल्क उपलब्ध गराएका तस्बिरसँगै प्रकाशित गरिनेछ। प्रतियोगितामा सहभागी हुँदा फोटोग्राफरहरूले तिरेको शुल्क नामिबिया र केन्यामा सञ्चालित चीता संरक्षण परियोजनालाई दिइनेछ। अहिले संसारमा ७,००० वटाजति चीता बाँकी छन्। त्यसैले रिमेम्बरिङ वाइल्डलाइफले वन्यजन्तुहरूले खेपेको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

प्रतियोगितमा सर्वोत्कृष्ट ठहरिएका तस्बिरहरू यहाँ प्रस्तुत छ।

तीनवटा चीतातस्वीर कपीराइटSUE MORRIS
Image caption‘भाइ भए भरोस’
फूलको बीचमा चीतातस्वीर कपीराइटDEE ROELOFSZ
Image captionफूलसँग लुकामारी
Presentational white space
कालो बादलमुनितस्वीर कपीराइटFRED VOGT
Image captionकालो बादलमुनि
रूख चढ्न सिक्दैतस्वीर कपीराइटBOB KEYSER
Image captionरूख चढ्न सिक्दै
Presentational white space
कता होला सिकार?तस्वीर कपीराइटBEN CRANKE
Image captionकता होला सिकार?
चीताको टाउकोतस्वीर कपीराइटBENOIT BUSSARD
Image captionनजिकैबाट हेर्दा
Presentational white space
खुला आकाशमुनि मैदानमा एक्लैतस्वीर कपीराइटBERTUS VENTER
Image captionखुला आकाशमुनि मैदानमा एक्लै…
आमा र डमरुतस्वीर कपीराइटFRANCESCO VERONESI
Image captionमातृवात्सल्य
Presentational white space
तिमी उता हेर, म यता हेर्छुतस्वीर कपीराइटVICKI JAURON
Image captionविपरीत दिशा

सबै तस्बिरहरूको सर्वाधिक माथि उल्लेख गरिएअनुसार सुरक्षित

चर्चामा

सम्बन्धित समाचार