शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • स्वतन्त्र जनदबाबले सङ्कलन गरेको हस्ताक्षर प्रधानमन्त्री र गृह मन्त्रिलाई पठायो

स्वतन्त्र जनदबाबले सङ्कलन गरेको हस्ताक्षर प्रधानमन्त्री र गृह मन्त्रिलाई पठायो

  • आइतवार, असार २१, २०७७
स्वतन्त्र जनदबाबले सङ्कलन गरेको हस्ताक्षर प्रधानमन्त्री र गृह मन्त्रिलाई पठायो

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडामा सङ्कलन गरिएको हस्ताक्षर तथा ज्ञापनपत्र आज स्वतन्त्र जनदबाब अभियान समुहले जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्रि कार्यालय र गृह मन्त्रालयमा पठाएको छ।रुकुम चौरजहारीमा भएको सामुहिक हत्याकाण्डका दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै आज स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्रि कार्यालय र गृह मन्त्रालयसमक्ष ज्ञापनपत्र बुझाउनु भएको हो।साथै आजै यो अभियानका क्रममा सङ्कलन गरिएको हस्ताक्षर समेत प्रधानमन्त्रि कार्यालय र गृह मन्त्रालयसमक्ष पठाएको हो ।

ज्ञापनपत्र तथा हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी दिपकप्रसाद नेपालले आफुले यो ज्ञापनपत्र र हस्ताक्षर आजै प्रधानमन्त्रि र गृह मन्त्रिलाई पठाउने बताउनु भएको छ।साथै उहाले यस्ता घटनाको बिरुद्धमा सरकार लागिरहेकोले दोषीलाई कारवाही हुनेमा आस्वस्त हुन सबैलाई आग्रह गर्नु भएको छ ।

सम्बन्धित सरोकारवाला निकायहरुको हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमका साथै ज्ञापनपत्र बुझाउंदै जाने अभियान आजबाट सकिएको अभियन्ता भुमिनन्द गौतमले बताउनु भयो।समाजमा हुने गरेका यस्ता जघन्य अपराधका घटनाका बिरुद्धमा स्वतन्त्र जनदबाब अभियान सदैब रहेको अभियानका संयोजक अनिलकुमार खातिले बताउनु भयो ।

स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ।यसै गरी गत जेठ ३२ गते प्रदेश सभा भवन अगाडी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ।साथै स्वतन्त्र जनदबाब अभियानले सबै न्यायिक निकायहरुलाई ज्ञापनपत्र बुझाईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार