शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • पछिल्लो २४ घण्टामा बाजुरामा ५२ जनामो कोरोना पुष्टी  बाजुरामा संक्रमीतकाे सख्या ४९३ पुग्याे

पछिल्लो २४ घण्टामा बाजुरामा ५२ जनामो कोरोना पुष्टी  बाजुरामा संक्रमीतकाे सख्या ४९३ पुग्याे

  • शुक्रबार, असार १९, २०७७
पछिल्लो २४ घण्टामा बाजुरामा ५२ जनामो कोरोना पुष्टी  बाजुरामा संक्रमीतकाे सख्या ४९३ पुग्याे

बाजुरा– बाजुरा जिल्लामा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना पुष्टी भएको छ । पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट गरीएको परिक्षणबाट ४६ जना शिक्षण अस्पताल काठमाण्डौबाट गरीएको परिक्षणबाट ६ जना गरी ५२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

जसमा खप्तड छेडेदह गाउँपालिकाका ४६ जना र बुढिगंगा नगरपालिकाका ६ जना रहेको प्रमुख पन्तको भनाई रहेको छ । पछिल्लो २४ घण्टामा देखीएका संक्रमीत मध्य महिला १३ जना र पुरुष ३९ जना रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म बाजुरामा संक्रमीतको सख्या ४ सय ९३ जना पुगेका छन । १२ जना निको भएर घर फर्किसकेका छन भने आइसोलेशनमा ४ सय ७९ जना रहेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

संक्रमीत मध्य २ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । बाजुरामा आज सम्म सबै भन्दा बढि बुढिगंगा नगरपालिकामा १ सय ४२ जना रहेका छन भने सबै भन्दा कम स्वामीकार्तिक खापर गाउँपालिकामा १ जना मात्र संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म बाजुराबाट पठाएको स्वाव परिक्षणमा जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिकामा भने संक्रमीत नभेटीएको पाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार