शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

  • बिहिबार, असार १८, २०७७
सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा बिहिवार भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको लालझाडीका दुई, भीमदत्तका एक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा २७ सय बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ। चर सय ९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार