बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश १
  • तल्लो पहाडी क्षेत्र सलहको उच्च जोखिममा

तल्लो पहाडी क्षेत्र सलहको उच्च जोखिममा

  • बुधबार, असार १७, २०७७
तल्लो पहाडी क्षेत्र सलहको उच्च जोखिममा

नेपालको सम्पूर्ण तराई, भित्री मधेश र तल्लो पहाडी भूभाग सलहको उच्च जोखिममा रहेको भन्दै सरकारले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतको भागलपुर तथा मोतीहारीमा सलहको झुण्ड रहेको र एउटा ठूलो झुण्ड कुशिनगरबाट चम्पाचरण जिल्लातर्फ उडेको भन्दै कृषि मन्त्रालय अन्तरगतको कार्यदलले ती क्षेत्रहरुमा सलह प्रवेश गर्न सक्ने औंल्याएको हो ।

केही दिनदेखि मनसुनको अरेबियन सागरबाट बहने पश्चिमी/दक्षिण-पश्चिमी वायुको प्रभाव रहेकोमा हाल पूर्वबाट दक्षिणतर्फ वायुको प्रभाव रहँदा हावाको वेगसंगै सलह भित्रिन सक्ने जोखिम रहेको प्लान्टक्वारिन्टिन तथा विषादी व्यवस्थापन केन्द्र माताहतको सलह सूचना केन्द्रले जनाएको छ ।

भारतमा रहेको सलहको झुण्ड दाजर्लिङ र सिलुगुडीतर्फ उडेको र वायुको प्रभावसँगै नेपाल पस्न सक्ने सम्भावना रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए । भारतको राजस्थानबाट उँडेको सलहको ठूलो झुण्ड नयाँ दिल्ली हुँदै अघि बढेको र वायुको बहावमा आएको नाटकीय परिवर्तनले नेपाल जोखिममा परेको पनि सुवेदीले जानकारी दिए । केन्द्रले सलह देखिए वा उडेको कुनै पनि सूचना भए तत्काल स्थानीय तह, कृषिका कर्मचारी वा कृषि मन्त्रलय तथा केन्द्रमा खबर गर्न पनि स्थानीयलाई आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार