शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा कार्यालय द्धारा निःशुल्क बोट विरुवा वितरण

वडा कार्यालय द्धारा निःशुल्क बोट विरुवा वितरण

  • बुधबार, असार १७, २०७७
वडा कार्यालय द्धारा निःशुल्क बोट विरुवा वितरण

 राजेन्द्र बहादुर राेकाया–  बाजुरा बाजुराको बडीमालिका नगरपालिका ८ नं.वडा कार्यालय द्धारा वडा बासीलाई निःशुल्क बोट विरुवा वितरण गरेको छ । ८ नं. वडा कार्यालय द्धारा वडा भरीका सबै परिवारलाई पुग्ने गरी एक घरको दुई बोट सुन कागती नामक कागतीका विरुवा वितरण गरीएको ८ नं. वडा अध्यक्ष प्रकाश रावलले बताएका छन ।

खासमा यो मैसम भनेको बोट विरुवाका लागि उपयुत्तक्त मौसम भएकोले वडा कार्यालयबाट निःशुल्क रुपमा विरुवा वितरण गरिएको र प्रत्येकको घरमा अनिवार्य रुपमा यो बोट लगाई जगेर्ना गरी उपयोग गर्न पनि अध्यक्ष रावलले आग्रह गरेका छन । स्वास्थ्यका लागि निकै राम्रो मानिएको सुन कागती नामक यो विरुवा छोटो समयमै फल्ने र सबै भन्दा फाइदाजनक भएकोले सबैलाई निःशुल्क रुपमा नै बाँडिएको र यसको सबै वडा बाँसीले जगेर्ना गरी प्रयोगमा ल्याउने र आफ्नो स्वास्थ्य राम्रो बनाउनुपर्ने यस ८ नं. वडा सदस्य नर बहादुर ऐडीले बताएका छन ।

वडा बासी जो कोहीले विरुवा किनेर रोप्न नसक्ने भएकाले सबैको घरमा विरुवा फलेको देख्न पाइयोस् भनी वितरण गरीएको र यो भन्दा पहिला समुह तथा व्यक्तिगत रुपमा पैसाले किनेर विरुवा वितरण हुने गरेको र निःशूल्क नै वितरण गरेपछि स्थानिय पनि खुसि भएको अध्यक्ष रावलले बताएका छन ।

जिल्ला सदरमुकाम रहेको यस वडा कार्यालयबाट यो भन्दा पहिला पनि स्थानिय जनताका लागि यस्ता विभिन्न कार्यहरु गदै आएको र अझै पनि यस्ता कार्यक्रम गदै जाने र सदरमुकामको बाँसीलाई खुसी र समृद्ध बनाउने पनि ८ नं. वडा कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार