शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनी सलह फैलने क्रम जारी

बाजुरामा पनी सलह फैलने क्रम जारी

  • बुधबार, असार १७, २०७७
बाजुरामा पनी सलह फैलने क्रम जारी

बाजुरा — गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड बाजुरामा पनी देखा पर्न थालेका छन् । झुन्ड टुक्रिएर सलह किरा बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका अन्य जिल्लामा पुगेको छ। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गाेबिन्द सिजापतीका अनुसार बाजुरा जिल्लाका बिभिन्न ठाउँमा सहल फैलिसकेकाे बताएका छन् ।

बाजुराको केही स्थानमा थोरै संख्यामा सलह किरा देखीएकाले, सलह किरा अरु ठाउँमा पनि धेरै हुन सक्ने भयकाले सबैलाई सचेत हुन र समयमै कृषि ज्ञान केन्द्रमा कति जति संख्यामा उक्त किरा छ सोको जानकारी गराउन हुन सम्पुर्ण स्थानीय तह कृषक र कृषि शाखाहरूलाइ अनुराेध समेत गरेकाे ज्ञान केन्द्रका प्रमुख सिजापतीले जानकारी दिएका छन् ।

उनले स–सना समूहहरू भने अन्य जिल्लाहरूमा देखिएको बताए। बाजुरामा देखिएको सलहको फाटफुट देखीएकाे भए पनी यसले निकै असर गर्न सक्ने भएकाेले समयमै सचेत हुन कृषि ज्ञान केन्द्र बाजुराले अनुराेध गरेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार