बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा पनि १७ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनायो

त्रिवेणीमा पनि १७ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनायो

  • सोमवार, असार १५, २०७७
त्रिवेणीमा पनि १७ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनायो

चक्र बहादुर अएडी– बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाले पनि १७ औं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । आज नेपालिहरुले मानो छरेर मुरि उब्जाउने दिनकोरुपमा पनि लिने गरिएको छ । त्रिवेणी नगरपालिकाले पनि आज असार १५ गते धुमधामका साथ १७ औं धान दिवस तथा रोपांई महेत्सव मनाएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा नम्वर ४ तोलि मा एक कार्यक्रमका विच नजिकैको खेतमा गएर दहि चिउँरा खाएर र रोपाई गरेर असार पन्ध्र अर्थात १७ औं धान दिवस मनाएको छ । धान महोत्सव मा त्रिवेणी नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर साउद को संयोजकमा कृर्षि शाखा प्रमुख मान बहादुर रावल ,कार्यपाविलका सदस्य माता साउद र अन्य शाखा प्रमुख लगाएत कर्मचारिको सहभागिता रहेको त्रिवेणी नगरपालिका का सुचना अधिकृत नरेश राज पन्तले जानकारि दिनु भएको छ । नेपाल सरकारले पनि यस दिनलाई धान रोपाईं गरी दही र चिउरा खाई दिवस मनाउदै आईरहेको छ । सरकारले यस दिनलाई धान दिवससमेत मनाउँदै आएको छ । खेतीपातीमा खटिने किसानहरुले यतिखेर विभिन्न किसिमका असारे गित गाएर आफ्ना मनका वेदना पोख्ने चलन रहेको छ । यतिबेला किसान हरुलाई रोपाई गर्न भ्याइनभ्याई हुन्छ । विशेस गरेर यस महिनालार्ई ‘मानो छरेर मुरी उब्जाउने सिजन’ पनि भनिन्छ । कसैकसैले यसलाईे आय आर्जनको स्रोत बढाउने मेलाको रुपमा पनि लिनेगरिन्छ । नेपालको मुख्य खाद्यान्न बाली धान भएकाले बाजुरा जिल्लाका विभिन्न स्थानिय तहलेपनि रोपाई गरि १७ औं राष्ट्रिय धान दिवस मनाएको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार