मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो राम्रो नभए पनि तत्काल ढालेर काम छैन

यो राम्रो नभए पनि तत्काल ढालेर काम छैन

  • सोमवार, असार १५, २०७७
यो राम्रो नभए पनि तत्काल ढालेर काम छैन

यो राम्रो नभए पनि तत्काल ढालेर काम छैन,
आज वलीको सरकार लाई फालेर काम छैन।

छिमेकि लाई परेको बेलामा एक ढिक्का बनौ,
कट पुत्लि अब देश भित्रमा पालेर काम छैन।

कस्तो सरकार ल्याउँछौ देश भक्तहरु फाली,
अहिले राष्ट्रवादी हरुलाई पखालेर काम छैन।

ठिकैछ गर्न सकेको छैन जनताको माग पुरा,
तर पनि दरिलो पाईला हरु गालेर काम छैन।

एम सीसीको बिरोध गरौँ तर सरकार नफालौँ,
यो अबस्थामै सरकारलाई खसालेर काम छैन।

देशकै हितमा काम गर्दा सम्म जनताको साथै,
रहन्छ वलि लाई प्रम.बाट निकालेर काम छैन।
सुरेशकुमार पान्डे२८-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार