शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • साम्राज्ञी र नम्रताले उठाएका प्रश्न

साम्राज्ञी र नम्रताले उठाएका प्रश्न

  • सोमवार, असार १५, २०७७
साम्राज्ञी र नम्रताले उठाएका प्रश्न

तीन महिने लामो लकडाउनको समयमा नेपाली चलचित्रले थुप्रै कन्ट्रोभर्सी भोग्यो । चलचित्र क्षेत्रमा काम गर्ने कलाकारका कुनै न कुनै गसिप चलचित्र बजारमा छाइरहे । तर दुई नायिकाले चलचित्र क्षेत्रको विकृतिको विषयमा बोलेको कुरा भने अरूभन्दा केही फरक छ।

नायिका नम्रता सापकोटाले नेपाली चलचित्रमा ‘नोपोटिज्म’ छ र यहाँ बाबुले पैसा लगानी गरेर छोरा हिरो बन्छ भनेर टिप्पणी गरिन्। नम्रताको यो बोलीले चर्चा मात्र पाएन, चलचित्र क्षेत्रमा बहसको विषय नै बन्यो । परिवारवाद चलचित्र क्षेत्रमा छ भन्नेभन्दा छैनन् भन्नेहरू धेरै देखिए । तर चलचित्र क्षेत्रभित्रको विकृतिको विषयमा बोल्नुपर्छ भन्ने सोचाइ कलाकारमा भने बिस्तारै पलाउन थालेको छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले त आफूमाथि ह्यारेसमेन्ट भएको बताइन् । साम्राज्ञीले चलचित्र क्षेत्रमा कसरी काम गर्नुपर्छ र कलाकारमाथि कस्तो खालको व्यवहार हुन्छ भन्ने प्रष्ट पार्न खोजेकी छिन् ।

साम्राज्ञीले केही चलचित्रका टिमले दिएको दुःख व्यक्त गर्दै गर्दा यो क्षेत्रमा कसरी काम गरिन्छ भन्ने पनि प्रष्ट पारेकी छिन् ।साम्राज्ञीले अब आफूले पहिले जसरी एक वर्षमा २ वटासम्म चलचित्र नगर्ने र निकै कम चलचित्र गर्ने बताएकी थिइन् । सायद, चलचित्र क्षेत्रभित्र देखिएको यस्तै विकृतिका कारण साम्राज्ञीले यो कदम उठाएको हुनुपर्छ । साम्राज्ञी र नम्रतापछि अन्य कलाकारहरूले पनि आफ्नो भोगाइको विषयमा बोल्न थालेका छन् ।

हुनत चलचित्र क्षेत्रभित्र समस्या नै समस्या छन् । निर्माताको कलाकारसँग समस्या, कलाकारको निर्देशकसँग समस्या, हलवाला र निर्माताको सधैंको समस्या आदि आदि । लकडाउनपछि चलचित्र क्षेत्र अब कसरी अगाडि बढ्छ भन्ने अवस्थामा छ। यस्तो अवस्थामा चलचित्र क्षेत्रमा देखिएका यी समस्याहरूलाई पनि सबैले मनन् गर्नुपर्ने हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार