बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो

सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो

  • आइतवार, असार १४, २०७७
सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो

दूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८  जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। श्रेष्ठका अनुसार आज डोटीका ६९ जना र कैलालीका २९ जनामा संक्रमण देखिएको हो। आज सबैभन्दा बढि डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। जसमा ६ महिला र ३९ पुरुष रहेका छन्।

यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन्।

यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ।

आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा चार सय १०, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २५, बाजुराका दुई सय २१, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। श्राेत दिनेश खवर

चर्चामा

सम्बन्धित समाचार