शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा कोरोनाका कारण ६ जनाको मृत्यु, ४ जनाको मृत्युपछि रिर्पोट

सुदूरपश्चिममा कोरोनाका कारण ६ जनाको मृत्यु, ४ जनाको मृत्युपछि रिर्पोट

  • आइतवार, असार १४, २०७७
सुदूरपश्चिममा कोरोनाका कारण ६ जनाको मृत्यु, ४ जनाको मृत्युपछि रिर्पोट

 सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ। शनिबार चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित कैलालीको गोदावरीका ५० वर्षीय पुरुष मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको हो।

यसअघि कैलालीकै तीन र बाजुराका दुईजनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। कोरोनाबाट मृत्यु भएका भनिएका मध्ये चार जनाको मृत्युपछि मात्र रिर्पोट आएको छ।

गत जेठमा सेती अस्पतालको डायलासिस वार्डमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीय महिलाको अन्त्येष्टिपछि मात्र कोरोना पोजेटिभ आएको थियो। उनी मृगौला सम्बन्धी विरामी थिइन्।

यस्तै नेपालगंज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलाको पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो।

टाउकोमा चोट लागेकी उनलाई जेठ ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा असार ३ गते मृत्यु भएको थियो। उनमा हेमोटोमा समेत भएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त लालबहादुर धामीले बताए।

यस्तै गत जेठमै बाजुरा अस्पतालको आइसोलेसनमा मृत्यु भएकी दुई वर्षीया बालिकाको पनि मृत्यु पछि कोरोना पुष्टि भएको थियो। आमाबुवासँगै भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएकी उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

बाजुरामै क्वारेन्टिनमा आत्महत्या गरेका युवकमा पनि कोरोना पुष्टि भएको थियो। जिल्लाको बडिमालिका नगरपालिका –२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि भएको थियो।

प्रदेशमा कैलालीका दुईजनामा मात्र मृत्यु अघि मृत्यु भएको थियो। कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय संक्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

उपचारमा संलग्न फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौडेलले कोरोना संक्रमणकै कारण निमोनिया भएपछि उनको मृत्यु भएको बताए।

चर्चामा

सम्बन्धित समाचार