शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

  • शुक्रबार, असार १२, २०७७
सिन्धुली अस्पतालको आइसोलेसनमा महिलाको मृत्यु

सिन्धुली : सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी वर्ष २१ की महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन्

अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो । यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका १, सिम्ले स्थित माइती घरमा आएर बसेकी ती  महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको डा.राजभण्डारीको भनाइ छ ।

‘अस्पतालमा बिरामी ल्याउँदा ज्वरो आएको तीन–चार दिन बढी भइसकेको रहेछ । घरमै जडिबुटीको भर परेर समयमा अस्पताल नल्याउदा उनलाई बचाउन सकिएन’ उनले भने ।

मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए ।

मृतक महलिाको शव व्यवस्थापन गर्न र उनको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा राख्न भनिएको छ । रिपोर्ट नआए पनि उनको सम्पर्कमा रहेका आफन्तहरुलाई नै स्वास्थ्य सुरक्षा अपनाएर शव व्यवस्थापनका लागि भनिएको हो ।

‘उनीहरुलाई हामीले पीपीई सेट लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीको बन्दोबस्त गरिदिने भनेका छौं । उहाँका आफन्तहरु त्यही तयारीमा छन्,’ उनले भने ।

डाक्टर राजभण्डारीका अनुसार मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टरलगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार