शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रवास
  • यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स उड्यो

यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स उड्यो

  • शुक्रबार, असार ५, २०७७
यूएईबाट ९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर नेपाल एयरलाइन्स उड्यो

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान शुक्रबार बिहान उडेको छ । जसमा एक सय एक जना महिला र ४७ जना पुरुष छन् । जसमा ९४ जना महिला गर्भवती छन् ।

नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ ले स्थानीय समय ५ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलको लागि उडेको हो । यूएईबाट अलपत्र नेपालीलाई फिर्ता पठाएको यो दोश्रो पटक हो । यसअघि एयर अरेबियाले १६८ जना यात्रु ल्याएको थियो ।

यो उडानमा नेपाली दूतावासले प्राथमिकताको सूचीमा राखेको नेपाली कामदार रहेका छन् । उनीहरु आफैले टिकटको प्रबन्ध मिलाएको हो । रोजगार करार अवधि समाप्त भएका कामदारलाई भने रोजगारदाता आफैले टिकटको व्यवस्था गरिएको छ ।

स्वदेश फिर्नुअघि विमानस्थलमै कोरोनाको परीक्षण गरिएको थियो । स्वदेश फिर्न उत्साहित भएका उनीहरु ५ घण्टा अगाडि नै विमानस्थल पुगेका थिए । चार वर्षदेखि युएईमा कार्यरत झापाका सुवास संग्रौलाले साढे चार महिने गर्भवती श्रीमती लिएर स्वदेश फिर्ने अवसर पाएको बताए । ‘कम्पनीले लामो बिदा दिएकोले स्वदेश फिर्न लागेको हो’, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार