शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ८ परिवारलाइ राहत बितरण

समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ८ परिवारलाइ राहत बितरण

  • बुधबार, असार ३, २०७७
समाजसेवि बस्नेतको सहयोगमा बडिमालिका खबरद्धारा ८ परिवारलाइ राहत बितरण

लक्ष्मिराज पाध्याय…समाजसेवि तथा नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानका अध्यक्ष सम्राट सिं बस्नेत र जर्मनी नागरिक एन्ड्रियाको आर्थिक सहयोगमा बडिमालिका खबरद्धारा ८ परिवारलाई राहत बितरण गरिएको छ । लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका ८ बिपन्न परिवारलाई ५ हजारका दरले खाद्यन्न सहयोग गरिएको बडिमालिका खबरका प्रकाशक प्रकाश सिंहले वताएका छन् ।


यो संकटको बेला थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको समाजसेबि सम्राट सिं बस्नेतले बडिमालिका खबरलाइ बताएका छन् । बस्नेत र एन्ड्रीयाको सहयोगले केही परिवारलाई सहयोग गरेपनी ठुलो राहत भएको गौमुल गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
करिब डेढ महिना सम्म खानका लागि चामल, दाल, चिनि, साबुन, तेल, नुन सहयोग गरिएको छ । समाजसेवि बस्नेत र एन्ड्रीयाले ८ परिवारका लागि ४० हजार नगद सहयोग गरेका थिए, त्यसैमा बडिमालिका खबरले पनि थपेर खाद्यन्न राहत बितरण गरिएको थियो ।


खाद्यन्न सहयोग बुढिगंगा नगरपालिका ९ कि मना देबी सिंह, सोही नगरपालिका ५ बस्ने कलेशी उखेडा, गौमुल गाँउपालिका १ कि किणी चदारा, वडा नम्बर २ कि तेश्माराम चदारा, बुढिनन्दा नगरपालिका १ बस्ने पुर्वा नेपाली, वडा नम्बर २ बस्ने अम्बिका कार्की रहेका छन् । त्यस्तै बडिमालिका नगरपालिका ३ का दल बहादुर बिक र बडिमालिका नगरपालिका ८ कि हिरा थापा रहेकी छन् । राहत बुझदै पुर्वा नेपालीले भने ७ छोरा छोरी र श्रीमान गरि ९ जना रहेका थियौ, उहाँको सहयोगले ठुलो राहत भएको बताएका छन्, सहयोग गर्नेलाई धन्यवाद समेत दिएकी छन् ।


यो संकट हो बेला उहाँहरुको घरमा चुलो बल्न समस्या भएको बेला उहाँहरुको सहयोगले ठुलो राहत भएको बुढिगंगा नगरपालिका नगर प्रमुख दिपक बिक्रम शाहले वताएका छन् । सहयोग गरिएका सबै आर्थिक अबस्थामा निकै कमजोर रहेको शाहले बडिमालिका खबरलाइ बताएका छन् । समाजसेवी बस्नेतले बडिमालिका खबरको समन्वयमा यो भन्दा पहिला पनि ४ परिवारलाई खाद्यन्न सहयोग गरेका थिए । सम्राट सिं बस्नेतको पहलमा बाजुराका थुप्रैको काठमाडौमा उपचार भइरहेको छ । केहीलाई सञ्चो भएर घर फर्किसकेका छन्, भने बाजुराका मात्र ५ जनाको अहिले पनि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान मार्फत उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार