सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा: बडिमालिका नगरपालिका ८ काे माेटरसाइकल सहित २ जना प्रहरीकाे नियन्त्रणमा

बाजुरा: बडिमालिका नगरपालिका ८ काे माेटरसाइकल सहित २ जना प्रहरीकाे नियन्त्रणमा

  • बुधबार, असार ३, २०७७
बाजुरा:  बडिमालिका नगरपालिका ८ काे माेटरसाइकल सहित २ जना प्रहरीकाे नियन्त्रणमा
तस्बिरः जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा — बडिमालिका नगरपालिकाका वडा न ८ काे सरकारी गाडी सहित २ जनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।  हिजाे राती १२ बजे मात्र जिल्ला प्रहरी कार्यालय बाजुराकाे प्रहरी टाेलीले सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाकाे माेटर साइकल समातेकाे छ । बडिमालिका नगरपालिका वडा ८ ले पर्याे गर्दै आएकाे बा २ ब २५१२ नम्मरकाे माेटरसाइकल प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराइले बताएका छन् ।

राती १२ बजेकाे समयमा मदिरा सेवन गरी माेटरसाइकल चलाएर अाएका २ जना मान्छे सहित माेटरसाइकल प्रहरीकाे टाेलीले नियन्त्रणमा लिएकाे प्रहरी नायव उपरिक्षक भट्टराइले बताए । बा २ प २५१२ नम्मरकाे सरकारी माेटरसाइकल र  बडिमालिका नगरपालिका वडा न ८ ले प्रयाेग गर्दै आएकाे थियाे रातीकाे समयमा  बिचबाटाेमा प्रहरीले राेक्न  खाेज्दा  एक जना फरार रहेकाे र २ जना सहित २ माेटरसाइकल नियन्त्रणमा लिएकाे प्रमुख भट्टराइले बताए । गाडीमा सवार २ जनामा बर्ष २५ का गाेरख थापा, बर्ष २० का खगेन्द्र रावल र बर्ष २० का प्रकाश थापालाइ समेत प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।  साे गाडीकाे दुरूपयाेग गर्ने ब्यक्तीलाइ सार्बजनिक मुद्धाकाे रूप अगि बढाउने प्रहरी नायव उपरिक्षक भट्टराइले बताएका छन् । हरेक समयमा जिल्लामा सरकारी गाडीकाे दुरूपयाेग हुदै अाएकाेले अब कुनै पनी हालतमा नछाेड्ने जिल्ला  प्रहरी कार्यालय  जनाएकाे छ ।

बडिमालिका नगरपालिका वडा ८ काे माेटरसाइकल सदरमुकाम मार्तडीकाे हिलटप हाेटलकाे अगाडी राति १२ बजे समातीएकाे प्रहरीले जनाएकाे  छ । रातीकाे समयमा मदिरा सेवन गरी सरकारी गाडी बा २ ब २५१२ र प्राइभेट गाडी न से ५ प ५०७१ नम्मरकाे गाडीमा रहेका २ जना सहित दुबै गाडीहरू प्रहरी नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

पछिल्लाे समय जिल्लाका बिभिन्न स्थानिय तहका सरकारी गाडी दुरूपयाेग भएका देखीन्छ । काेही स्थानीय तहका गाडी मदिरा बाेक्नमा प्रयाेग भएका छन भने काेही सरकारी गाडी मदिरा खानेहरू बाेक्नेमा प्रयाेग भइरहेका छन् । यस बिषयमा जिल्ला प्रशासन कार्यालयकाे ध्यान जान नसकेकाे स्थानीयकाे अाराेप रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार