बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनेरास्ववीयु र युवा संघ बाजुराद्धारा सहयोगकाे रकम सार्बजनिक

अनेरास्ववीयु र युवा संघ बाजुराद्धारा सहयोगकाे रकम सार्बजनिक

  • मङ्लबार, असार २, २०७७
अनेरास्ववीयु र युवा संघ बाजुराद्धारा  सहयोगकाे रकम सार्बजनिक

बाजुरा — महामारीको बेला अनेरास्ववीयु जिल्ला कमिटी बाजुरा र युवा संघ नेपाल बाजुरा सहयोगका लागि उठेकाे रकमकाे  पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेकाे छ । भारत लगायत जिल्ला बाहिरबाट अाएका हरूका लागि पानी र खानेकुरा खुउनका लागि बिभिन्न निकायबाट उठेकाे रकमकाे सार्बजनिक गरेकाे हाे ।

महामारीले विश्वनै त्रासमा रहेको बेला भारत तथा जिल्ला बाहिरबाट आएका स्थानियलाई बसपार्कमै पुगेर खाजा र पानी बितरण गरेकाे अनेरास्वबीयु बाजुराका संयाेजक राजीब राेकायाले बताए । बसमा अाउनेहरूका लागि  विभिन्न समयमा ६० हजार ६ सय बराबरको सामाग्री सहयोग गरेको मंगलबार प्रेस विज्ञप्ती मार्फ जानकारी गारइएको छ ।

अनेरास्वबीयु र राष्ट्रिय युवा सघं नेपाल दुवै संगठन मिलेर जिल्ला बाहिरबाट आएका ७ सय ९१ जनालाई तयारी खाजा र पानी र ३ सय ३७ जनलाई स्वास्थ्य परामर्श र औषधि वितरण गरिएको युवा संघ नेपाल बाजुराका संयोजक सन्तोष विक र अनेरास्ववीयु बाजुराका अध्यक्ष राजिव रोकायाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीका साथै पत्रकार सम्मेलन गरी सार्बजनिक गरेकाे छ ।

संगठनहरूलाइ बिभिन्न् ब्यापारी, जनप्रतिनिधी नेकपा बाजुराका नेता तथा भातृ संगठन उध्याेगी र निर्माण ब्यबासयी बाट भएकाे सहयाेगकाे हिसाव किताव सहित सार्बजनिक गरेकाे हाे । नेकपा पाटी कार्यालय बाजुराकाे शभाहलमा संचालन भएकाे कार्यक्रमकाे अध्यक्षता राष्टि्य युवा सघं नेपाल बाजुराका संयाेजक सन्ताेश बिककाे संयाेजक्त्वमा संचालन गरीएकाे कार्यक्रममा राष्टि्य युवा सघं नेपालका केन्द्रीय सदस्य शंकर मल्ल प्रेश संगठनका केन्द्रीय सदस्य कृष्ण अाेली र लेखा अायाेग सदस्य प्रेम बिक लगायत बिभिन्न सन्चार माध्यायममा अाबद्ध पत्रकार युवा संघ र अनेरास्वब्युका पदाधिकारी लगायतकाे उपश्थिती रहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार