बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा भिटिएम सकिएपछि स्वाब संकलन फेरी रोकियो

सुदूरपश्चिममा भिटिएम सकिएपछि स्वाब संकलन फेरी रोकियो

  • मङ्लबार, असार २, २०७७
सुदूरपश्चिममा भिटिएम सकिएपछि स्वाब संकलन फेरी रोकियो

सुदूरपश्चिममा थ्रोट स्वाब राख्ने भाँडो अर्थात भिटिएम नहुँदा स्वाब संकलनको कार्य फेरी रोकिएको छ। थ्रोट स्वाब राख्ने भाईरल ट्रान्सफर मिडिया (भिटिएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन पूर्ण रुपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।

‘सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमाको मौज्दाता सकिएको छ,’ डाक्टर अवस्थीले भने, ‘भिटिएम सकिएपछि अहिले पूर्ण रुपमा स्वाब संकलनको कार्य पनि रोकिएको छ।’

उनले भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको दिनेश खवरलाई जानकारी दिए। भीटीएम सकिएपछि शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब संकलन हुन सकेको छैन्।

यसअघि संकलन गरीएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अव धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरीएको आरटी–पीसीआर मेसिनमा स्वाब नभएर परीक्षण नै बन्द हुने देखिएको छ।

स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमता भन्दा बढि स्वाब संकलन गरीएको भन्दै ५ दिनका लागि स्वाब संकलन रोकेको थियो। स्वाब संकलन सुरु भएको एक सातामै फेरी भिटिएम सकिएपछि स्वाब संकलन बन्द गरीएको हो।

चर्चामा

सम्बन्धित समाचार