शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिममा थपिए हालसम्मकै धेरै संक्रमित, आज ६८ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थपिए हालसम्मकै धेरै संक्रमित, आज ६८ जनामा कोरोना पुष्टि

  • सोमवार, असार १, २०७७
सेयर गर्नुहोस् :
सुदूरपश्चिममा थपिए हालसम्मकै धेरै संक्रमित, आज ६८ जनामा कोरोना पुष्टि

धनगढी — सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा थपिएको यो सङख्या हालसम्मकै उच्च हो।

तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९३ जना, कञ्चनपुरमा ६६,  डेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय चार, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार