शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ३२ दिन कोमामा रहे तरपनि पाँच महिने शिशुले कोरोनाभाइरसलाई हराएरै छोडे

३२ दिन कोमामा रहे तरपनि पाँच महिने शिशुले कोरोनाभाइरसलाई हराएरै छोडे

२ दिन त उनी भेन्टिलेटर जडान गरिएको इन्ड्युस्ड कोमामा रहे

  • सोमवार, असार १, २०७७
३२ दिन कोमामा रहे तरपनि पाँच महिने शिशुले कोरोनाभाइरसलाई हराएरै छोडे

 कोभिड–१९ का कारण एक महिना इन्ड्युस्ड कोमामा बिताएका ब्राजिलका पाँच महिने शिशु, डोम आफ्नो घर फिर्ता भएर ६ महिनाको जन्मदिन मनाउने तर्खरमा छन् ।

जन्मिएको केही महिनापछि नै डोममा कोभिड–१९ को संक्रमण देखिएको थियो । तत्पश्चात् उनलाई प्रो–कार्डियाको अस्पतालमा भर्ना गरिएको थियो ।

‘उनले अस्पतालमा जम्माजम्मी ५४ दिन बिताए । ३२ दिन त उनी भेन्टिलेटर जडान गरिएको इन्ड्युस्ड कोमामा रहे,’ डोमका बुवा व्यागनर एन्ड्रेडले सीएनएनलाई बताए ।

‘सुरुमा उनलाई सास फेर्न गाह्रो भएको थियो, डाक्टरले उनलाई ब्याक्टेरियाको संक्रमण भएको अनुमान गरे,’ उनले भने । ‘तर औषधीले काम गरेन, उनको स्थिती थप भयानक भयो । त्यसपछि मैले र मेरी श्रीमतीले उनलाई दोस्रो अस्पतालमा लैजाने निर्णय गर्यौं । त्यहाँ उनको परीक्षण गरियो । उनलाई कोरोनाले गाँजेको रहेछ ।’

यो चमत्कार होः

डोमलाई कोरोनाभाइरसको संक्रमण कसरी भयो, त्यसबारे केही जानकारी छैन । ‘उनलाई सायद कोही आफन्तकोमा जाँदा कोरोना संक्रमण भएको हुनसक्छ,’ एन्ड्रेडले भने ।

‘मेरी श्रीमतीले उनले सास फेर्दा निस्कने आवाज याद गरेकी रहिछिन्,’ उनले भने । ‘हामीले केही डाक्टरलाई बोलायौं र एकजनाले हामीलाई भिडियो रेकर्ड गर्न भनिन् । जब उनले त्यो हेरिन् तब बच्चालाई तत्काल अस्पताल लैजान आदेश दिइन् ।’

एन्ड्रेड उनकी श्रीमती, भिभियान मोन्टेइरोले डोम निको हुनुलाई चमत्कार मानेका छन् ।

‘सुरुमा त मैले ठूलो राहत महसुस गरेँ, त्यसपछि मापन र बयान गर्न नसकिने खुसी भएँ,’ एन्ड्रेडले भने । ‘हामी हाम्रो छोरालाई निकै अघिदेखि घर फिर्ता लैजान चाहन्थ्यौं ।’

डोमले आफ्नो ६ महिनाको जन्मदिन जुन १४ मा आफ्नो घरमा आमाबुवासहित मनाउनेछन् । आफन्तले उनको जन्मदिन स्क्रिनमा हेर्नेछन् ।

कोरोना संक्रमणका कारण ब्राजिलमा एक वर्ष मुनीका कम्तीमा २५ बालबालिकाको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । एजेन्सीकाे सहयाेगमा 

चर्चामा

सम्बन्धित समाचार