मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणीमा आज गरिएको आरडिटी परिक्षण का क्रममा १५ जनामा पोजेटिभ

त्रिवेणीमा आज गरिएको आरडिटी परिक्षण का क्रममा १५ जनामा पोजेटिभ

  • आइतवार, जेष्ठ ३२, २०७७
त्रिवेणीमा आज गरिएको आरडिटी परिक्षण का क्रममा १५ जनामा पोजेटिभ

राजेन्द्र बहादुर रोकाया — बाजुरा त्रिवेणीमा आज गरिएको आरडिटी परिक्षण का क्रममा १५ जनामा कोरोना एन्टीबडि पोजेटिभ देखिएकोृ छ । त्रिवेणी नगरपालिकाका विभिन्न ठाउँका ७१ जनाको परिक्षण गर्दा १५ जनामा आरडिटी पोजेटिभ देखिएको त्रिवेणी नगरपालिका स्वस्थ्य साखा प्रमुदख चिरन्जीवी शााह ले जानकारि दिएका छन ।

आज त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा रहेका जनता प्रथामिक विध्यालयका १ जना , महालक्ष्मी प्रावि को क्वारेन्टाईनमा रहेका २ जना र पार्वति माध्यामिक विद्यालयको क्वारेन्टाईनमा ४० जना जना गरि ४३ जनाको को रिक्षण गर्दा १० जनाम पोजेटिभ देखिएको छ र रत्न माध्यममिक विद्यालयको क्वरेन्टार्यनमा परिक्षण गर्दा १२ जना मध्ये ४ जनामा पोजेटिभ देखिएको छ ।

त्यस्तै पार्वति माध्यामिक विद्यालय छताराको क्वारेन्टाईनमा १० जनाको परिक्षण गर्दा दसै जनाको रिपोट नेगेटिभ आएको र छतारा स्वास्थ्य चौकिको क्वारेन्टाईन मा रहेको ६ जना मध्ये १ जनाको पोजेटिभ आएको नगर प्रवक्ता प्रेम बहादुर थापाले जानकारि दिनु भयो । आरडिटि नेगेटिभ आएका ६५ जनालाई सुरक्षीत घरमा बस्ने सल्लाह दिई घरपठाएको छ, भने आरडिटि पोजेटिभ देखिएका व्यक्तिलाई सम्वन्धित क्वारेन्टाईनको आईसुलेसनमा राखिएको प्रवक्ता थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार