• होमपेज
  • छुटाउनु भयो कि?
  • संविधान संशोधनका लागि प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु

संविधान संशोधनका लागि प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु

  • शनिबार, जेष्ठ ३१, २०७७
सेयर गर्नुहोस् :
संविधान संशोधनका लागि प्रतिनिधिसभामा मतदान प्रक्रिया सुरु

काठमाडौं — संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको मदतान प्रक्रिया सुरु भएको छ । निशान छाप भित्र समेटिएको नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि प्रतिनिधिसभामा मदतान प्रक्रिया सुरु भएको हो । निशान छापमा अंकित नेपालको नक्सालाई नेपालको सीमा अनुकुल परिवर्तन गर्नका निम्ति संविधान संशोधन हुन लागेको हो ।

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन
राष्ट्रिय अखण्डताका लागि सबै नेपाली एक हुन्छन् : देउवा
राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो
राजेन्द्र महतोको प्रश्न : महाकाली सन्धि पारित गर्दा लिपुलेक कहाँ थियो ?
मधेसीलाई गाली गर्ने कांग्रेस र कम्युनिस्टले अब माफी माग्‍नुपर्छ : उपेन्द्र यादव
फेरियो भारतीय सेनाप्रमुखको बोली : सहज होला त दुई देशबीच वार्ता ?
भारतलाई भाइ बनेर होइन छिमेकी बनेर कुरा गरौं : राजेन्द्र लिङ्देन
नयाँ नक्साले भारतसँगको सम्बन्ध झन् बलियो हुन्छ : विष्णु पौडेल
प्रचण्डलाई कमल थापाले भने- असन्तुलित मानसिकता
संविधान संशोधनमा साना दलको समर्थन
भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले त्यस अनुसारको संविधानको अनूसूचीमा रहेको नक्सा अद्यावधि गर्न जेठ ९ मा संशोधन विधेयक संसदमा दर्ता गरेको थियो। राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक मत छन् ।

यसअघि प्रतिनिधिसभामा जेठ २७ गते संशोधन विधेयकमाथि विचार गरियोेस् भन्ने सरकारको प्रस्तावका पक्षमा सबै दल एक भएका थिए।

सुरुदेखि नै नयाँ नक्साको निर्णयमा विरोध जनाएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव भने खारेज भएको छ ।

चर्चामा

सम्बन्धित समाचार