शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका क्वारेन्टाईनमा रहेका १ सय ७४ जनाले मन शान्ती गर्न ३ किलो ७ सय ग्रामको घण्ट चढाए

बाजुराका क्वारेन्टाईनमा रहेका १ सय ७४ जनाले मन शान्ती गर्न ३ किलो ७ सय ग्रामको घण्ट चढाए

  • शुक्रबार, जेष्ठ ३०, २०७७
बाजुराका क्वारेन्टाईनमा रहेका १ सय ७४ जनाले मन शान्ती गर्न ३ किलो ७ सय ग्रामको घण्ट चढाए
फाइल तस्बीर

 चक्रबहादुर अएडी– बाजुरा गौमुल गाउँपालिका वडा नम्वर ५ मा रहेको मानाकोट माध्यामिक विद्यालयको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुले मन सान्ति गर्न संयुक्तरुपमा ३ किलो ७०० ग्रामको घण्ट चढायका छन ।

गाउपालिकाको मानाकोट माध्यामिक विद्यालय नजिकै रहेको धलपुरा देवताको मन्दिरमो ३ किलो ७०० ग्रामको घण्ट चढाएको नेपालि काँग्रेस जिल्ला कमिटि सदस्य ज्ञान बहादुर रोकायाले बताउनुभयो । रोकायाका अनुसार क्वारेन्टाईनमा रहेका १७४ जना मिलेर संयुक्त रुपमा घण्ट किनेर मन्दिरमा चढाएको हो ।

क्वोन्टाईनमा रहेका मानिसहरु भारत बाट आएकाहरुले मन शान्तीको लागी घण्ट चडाएको बताउनु भयो । विश्वभर कोरोना भाईरस कोभिड १९ महामारिको चपेटामा परिरहेका बेला देविदेउतालाई साँचिराखेर औषधि पनि पत्ता नलागेको अवस्थामा मन सान्ति गर्नको लागि सो काम गरेको क्वारेन्टाईनमा बसेका व्यक्तिहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार