सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • एक सातापछी सबै भन्दा कम मान्छे थपिए बाजुराका क्वारेन्टाइनमा आज

एक सातापछी सबै भन्दा कम मान्छे थपिए बाजुराका क्वारेन्टाइनमा आज

  • बुधबार, जेष्ठ २८, २०७७
एक सातापछी सबै भन्दा कम मान्छे थपिए बाजुराका क्वारेन्टाइनमा आज

बाजुरा– बाजुरा जिल्लामा लकडाउन भए देखी आज सबै भन्दा कम मान्छे क्वारेन्टाइनमा थपिएका छन् । आज बाजुरा जिल्लाका सबै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ५७ जना थपिएका हुन ।
हिजो सम्म बाजुरा जिल्लाका १ सय ३२ क्वारेन्टाइनमा ५ हजार ३ सय ३२ जना रहेका थिए भने आज १ सय ३७ वटा क्वारेन्टाइन भएका छन् । आज ५ ओटा क्वारेन्टाइन थप भएको र ५७ जना ब्यक्तीहरु थपीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लामा कोरोना २ जना संक्रमीत मध्य १ जना आइसोलेशनमा रहेको र १ जना संक्रमीत बालिकाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाइएको छ । त्यसै गरी अाज मात्र  २ सय ३१ जना क्वारेन्टाइनबाट बाहिरीएका छन्र।

चर्चामा

सम्बन्धित समाचार