बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • बिश्वबिख्यात रक्तदाता तथा समाजसेवी मैनालिको सहयोगमा बडिमालिका खबरद्धारा राहत वितरण

बिश्वबिख्यात रक्तदाता तथा समाजसेवी मैनालिको सहयोगमा बडिमालिका खबरद्धारा राहत वितरण

  • बुधबार, जेष्ठ २८, २०७७
बिश्वबिख्यात रक्तदाता तथा समाजसेवी मैनालिको सहयोगमा बडिमालिका खबरद्धारा राहत वितरण

बाजुरा– अमेरिका बस्ने रक्तदाता तथा समाजसेवी अर्जुन प्रसाद मैनालीको सहयोगमा बडिमालिका खबरले राहत बितरण गरेको छ । बाजुरा जिल्लाका बिभिन्न क्वारेनटाइनमा बसेका २० जना गर्भवति तथा सुत्केरी महिलालाइ अण्डा चमनपरास, हरलेक्स र नगद सहयोग गरिएको छ । क्वारेनटाइनमा बस्दा खाद्य समस्या सँगै पोषणको अभाब नहोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरेको समाजसेवी तथा रक्तदाता अर्जुन प्रसाद मैनाली बताएका छन् । उनले ३२ हजार बराबरको राहत सहयोग गरेका छन् ।

जिल्लाका बिभिन्न क्वारेनटाइनमा बसेका २० जनालाइ तत्काल सहयोग गरिएको छ, यसले उनिहरुको पोषणमा ठुलो सहयोग भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले वताएका छन् । गर्भवति महिला तथा सुत्केरीलाइ अण्डा चमनपरास, हरलेक्स र नगद सहयोग भएको पन्तले वताएका छन् । सहयोग स्वास्थ्य कार्यलय बाजुराको समन्वयमा सम्बन्धित पालिकाका स्वास्थ्य संयोजक मार्फत क्वारेनटाइनमा बसेका गर्भवती तथा सुत्केरी महिलाई सहयोग गरेको बुढिगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् । अमेरिका बस्ने अर्जुन प्रसाद मैनाली बिश्व प्रख्यात रक्तदाताका रुपमा चिनिने गरेका छन् ।

त्यो सँगै उनि समाज सेवामा काम गर्दै आएका छन् । बाजुरा जिल्लाका क्वारेन्टाइनमा ४ सय ७२ जना ५ बर्ष मुनीका बालबालिका रहेका छन् । बालबालिका अभिभावक भारतका बिभिन्न ठाउँमा मजदुरी गर्न गएका र भारतमै जन्मेर नेपाल आउदा आमा बुवासंगै क्वारेन्टाइनमा रहेका हुन ।

बाजुरा जिल्लाका १ सय ३२ क्वारेन्टाइनमा ५ हजार ३ सय ३२ जना रहेका छन् । जसमा हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८० जना, जगन्नाथ गाउँपालिकामा ३ सय १८ जना बुढिनन्दा नगरपालिकामा ३ सय २ जना बडिमालिका नगरपालिकामा २ सय ७६ जना गौमुल गाउँपालिकामा ३ सय ४० जना खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५ जना बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना र त्रिबेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन् ।

त्यसै गरी हालसम्म सुत्केरी तथा गर्भवती २० जना महिलाहरु क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ जना मध्य ४ हजार ४ सय १६ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार