• होमपेज
  • कला /साहित्य
  • खान थाल्यो एम सि सी जाल फालेर

खान थाल्यो एम सि सी जाल फालेर

  • आइतवार, जेष्ठ २५, २०७७
खान थाल्यो एम सि सी जाल फालेर

साम्राज्यवादले कु चाल लगातार बनाउँदै,
हिमाल पहाड तराई लाई आधार बनाउँदै।

खान थाल्यो एम सि सी जाल फालेर हेर,
लोभि र लाछि नेताहरु हथियार बनाउँदै।

कोरोनाले त्राहि-त्राहि छ देश दुनियाँ पनि,
मिलियान चेलेन्जर लाई औजार बनाउँदै।

टुक्रा-टुक्रा बनाउँन फौज भित्राउँनेछ यँहा,
डालरको प्रभाबमा तेजिलो प्रहार बनाउँदै।

फेरी प्रवेश गर्न थाल्यो अंग्रेज हरु देश मा,
आफ्नो शक्ति लाई समेत दमदार बनाउँदै।

सहयोगकै नाउँमा साम्राज्यावाद को प्रेबेश,
एसियाका साना देशहरु नाङ्गेझार बनाउँदै।

चीनलाई घेर्न बनाएको यो जाल हुँनसक्छ,
आउँदैछ अचानो देशलाई बारबार बनाउँदै।

उठिबास लाउँनेछ यस्को प्रबेश सँगै जनता,
टार्गेटमै को कसलाई डस्ने आकार बनाउँदै।
सुरेशकुमार पान्डे।७-६-२०२०,

चर्चामा

सम्बन्धित समाचार