बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • कोरोना परिक्षण विना घर पठाउनु प्रदेश सरकारको गल्ती हो – मेयर गिरी ( भिडियो सहित)

कोरोना परिक्षण विना घर पठाउनु प्रदेश सरकारको गल्ती हो – मेयर गिरी ( भिडियो सहित)

  • बिहिबार, जेष्ठ २२, २०७७
कोरोना परिक्षण विना घर पठाउनु प्रदेश सरकारको गल्ती हो – मेयर गिरी ( भिडियो सहित)

बाजुरा — बुढीनन्दा नगरपालिकाका मेयर पदम कुमार गिरीले भारतबाट आएका बाजुराबासीलाई कोरोना परिक्षण विना घर पठाएकोमा आपत्ति जनाएका छन् ।
मेयर गिरीले बडिमालिका खवरको नियमित कार्यक्रम कोरोना कहरमा स्थानीय तहको भुमीका बिषायक अन्तबार्तामा भने भारत तथा नेपालका विभिन्न ठाउँबाट बाजुरा भित्रिने नागरिकहरुलाई सुदूरपश्चिम सरकारले उनीहरुको कोरोना परिक्षण नगरेर सिधै घर पठाएर ठुलो गल्ति गरेको आरोप समेत लगाएका हुन् ।
कोरोना भाईरस कोभिड १९ संग सम्वन्धित स्वास्थ्य परिक्षण गरेर जिल्ला पठाउनु पर्नेमा उल्टै प्रदेश सरकारले व्यवास्ता गरेर बाजुराबासीको स्वास्थ्य माथि खेलवाड गरेको बताएका छन् ।
कोरोना भाईरस (कोभिड-१९) को महामारीले देशका पहाडी जिल्ला समेत प्रभावित भईरहेका बेला भारतबाट सिधै धनगढी र महेन्द्रनगर हुँदै बाजुरा भित्रिने प्रत्येक नागरिकहरुलाई आधारभूत स्वास्थ्य परिक्षण विनै जिल्लामा पठाएकोले जिल्लाबासी त्रसित बन्दै गएका छन् ।
के प्रदेश सरकार ? के स्थानीय सरकार ? जो भएपनि आफ्ना नागरिकलाई घर भित्रिन अवरोध गर्ने त होईन् । त्यसो भन्दैमा उनीहरुको स्वास्थ्य परिक्षण नै नगर्ने भन्ने चाँही हुँदैन् ।
अर्को कुरा जम्मै भारतबाट आएकाहरुमा कोरोना भाईरस (कोभिड-१९)को संक्रमणनै छ भन्न खोजेको पनि होईन् मेयर गिरीले भने ।
बडिमालिका खवरसंग कुरा गर्दैै नागरिकलाई बाजुरा भित्र्याउने, अझ भन्दा आ-आफ्नो स्थानीय तहमा स्थानीयबासीलाई लिने, स्थानीय तहका क्वारेन्टाईनमा राख्ने, आरडिटी चेक गर्ने, फेरि पिसिआर चेकजाँचका लागि प्रदेश पठाउँने प्रदेशको रिर्पोट प्रखिने यो सब उल्टो भयो ।
त्यसो भन्दा त प्रदेश सरकारसंग प्रयाप्त बजेट छ । भौतिक संरचनाहरु छन् । कोरोनाको परिक्षण तथा स्वास्थ्य चेकजाँच गर्ने संयन्त्र छ । धेरै जना एकैठाउँ बसाल्न सक्ने क्षेमता भएकोले प्रदेश सरकारले प्रदेशमै बाहिरबाट आउने नागरिकको व्यवस्थापन गर्नुपर्ने बताए । यसो गर्दा जिल्लालाई त्यति ठुलो असर पनि पर्दैन् । जिल्लाले धेरै नोक्सानी पनि वेहोर्नु पर्दैन गीरीको भनाई रहेको छ ।
यता स्वास्थ्य कार्यालय बाजुराले जिल्ला बाहिरबाट आएका सवैको कोरोना परिक्षण गर्न प्रयाप्त मात्रामा स्वास्थ्य सामाग्री नभएका कारण जिल्ला भित्रीएका हरूको चेकजाँच गर्न समस्या भईरहेको बताउँदै आएको छ । बाजुरा जिल्लामा एकसाता यता झण्डै १२ सय बढी नागरिकहरु जिल्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

https://www.youtube.com/watch?v=a9GIPpmF2wI

चर्चामा

सम्बन्धित समाचार