शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका युवा एमसीसी सम्झाैता खारेजकाे माग गर्दै सडकमा उत्रिए

बाजुराका युवा एमसीसी सम्झाैता खारेजकाे माग गर्दै सडकमा उत्रिए

  • बिहिबार, जेष्ठ २२, २०७७
बाजुराका युवा एमसीसी सम्झाैता खारेजकाे माग गर्दै सडकमा उत्रिए

बाजुरा– एमसीसी खारेजको माग सहित बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा आन्दोलन गरेका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौतालाई स्वीकार गर्ने वा अस्वीकार गर्ने भन्ने विषयले देश यतिबेला विभाजित हुने भन्दै बाजुराका युवाहरु आन्दोलनमा उत्रिएका हुन ।
बजुरेली युवाहरु कोरोना सहन सक्छन एमसीसी सहन सक्दैनन, राष्ट्रघाती एमसीसी खारेज गर , अमेरीकी सामाराज्यबाद मुर्दाबाद, एमसीसी चाहीदैन देश बेच्न पाईदन भन्ने नारासहित मार्तडी बजारमा आन्दोलन गरेका छन् । यो आन्दोलन नियमित हुने आन्दोलनमा सहभागी लक्ष्मण राेकायाले बताए ।

अमेरिकाले आफ्नो यो अनुदान सहयोगलाई नेपालको संसदबाट पारित गराएर यो सहयोगका निम्ति गरिएको सम्झौता पत्रमा उल्लेखित बुँदाहरूलाई नेपालको कानुन भन्दा माथि राख्न खोजिएको भन्र्दै आन्दोलनमा गएको बाजुराका युवा तथा आन्दोलनका संयोजक सन्तोष सिंह ठकुरीले बताए । नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप गर्ने मनसाय हो र एमसीसी ल्याउनु भनेको राष्ट्रका लागी स्विकार्य नभएको संयोजक ठकुरीले बताए । एमसीसी अनुदानका नाममा नेपालमा अमेरिकाले प्रत्यक्ष शासन चलाउन अभ्यास गरिरहेकोे आरोपमा बाजुराका युवाहरु आन्दोलन गर्न लागेको आन्दोलनमा सहभागी शेरबहहादुर रावलले बताए ।


त्यसकारण विश्वको बढ्दो साम्राज्यवादको प्रभाव नेपालमा पनि पर्न थालेको र अमेरिकाले नेपालमा चलखेल बढाउन खाजेकोले एमसीसी खारेजको माग सहित मार्तडीमा आन्दोलन गर्न लागेको रावलले बताए ।विशेषगरी सरकारका नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली लगायतले एमसीसीलाई नेपालले अनुमोदन गर्ने अडान लिएर दुनियाँ हँसाइरहेका नेपाललाई रुने बनाउने खेलमा लागेको युुवाहरुको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार