बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • २ सैनिकसहित ५ जनाले जिते कोरोना

२ सैनिकसहित ५ जनाले जिते कोरोना

  • बिहिबार, जेष्ठ २२, २०७७
२ सैनिकसहित ५ जनाले जिते कोरोना

काठमाडौं — पर्साको नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा उपचार ५ जनाले कोरोना जितेका छन् ।

कोरोना रिपोर्ट नेगेटिभ आएसँगै बिहीबार ५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाराका २ जना र पर्साका ३ जना रहेका छन् । बाराको कलैयामा कार्यरत ३५ र ३६ वर्षीय २ सैनिक डिस्चार्ज भएका छन् ।

यस्तै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय पुरूष र वडा नम्बर १६ का ७० वर्षीय पुरूष डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले बताए । हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र नारायणी अस्पताल मातहतको कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना भाइरसलाई पराजित गरि घर फर्केका छन् ।

चर्चामा

सम्बन्धित समाचार