बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • नेपाली सेनाद्धारा ४ बेडकाे आइसोलेशन निर्माण

नेपाली सेनाद्धारा ४ बेडकाे आइसोलेशन निर्माण

  • बिहिबार, जेष्ठ २२, २०७७
नेपाली सेनाद्धारा ४ बेडकाे आइसोलेशन निर्माण

लक्ष्मीराज पाध्याय– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा नेपाली सेनाले ४ बेडकाे आइसोलेशन निर्माण गरेको छ । कोरोना भाइरसको जोखीमतालाई मध्यनजर गरि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ४ ब्याडको अस्थाई आइसोलेशन तयार गरेको हो ।
बाजुरा जिल्लामा कोरोना संक्रमण फैलिदै गएको र जिल्ला अस्पताल निर्माणाधिन अबस्थामा रहेको बिरामीको संख्यामा बृद्धि हुदै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सस्त्र प्रहरीले २ दिनमै ४ ब्याडको आइसोलेशन ब्याड निमाणर् गरेको समरजित गुल्म थापाथली ब्यारेकका गुल्मपती रबिन श्रेष्टले बताए ।
जिल्लामा दिनानुदिन भारतबाट आउनेको संख्या संगै जिल्लामा दैनिक बिरामीहरु आउने भएको र कोरोनाको पुष्टि नहुन्जेल सम्म बस्नका लागि जिल्ला समन्वय समितिको मैदानमा ४ ब्याडको आइसोलेशन बनाएको गुल्मपती श्रेष्टले बताए ।
हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड(१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको गुल्मपती श्रेष्टको भनाई रहेको छ । कोरोना भाईरस (कोभिड(१९) सम्बन्धी कुनै संकाका बिरामी आएमा र सामान्य उपचारका लागि सो आइसोलेशन बनाएको श्रेष्ठले बताए ।
जिल्ला समन्वय समितिले जंगा उपलब्ध गराएको र सोही ठाउँमा अस्थाई रुपका लागि टेन्ड हालेर उपचार गर्न सहज गर्नका लागि सो आइसोलेशन तयार गरेको गुल्मपतीले बताए । नेपाली सेनाले आवश्यक तयारी गरी कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र त्यसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको गुल्मपती श्रेष्ठले बताएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण नेपालमा समेत फैलिन सक्ने परिस्थितिलाई दृष्टिगत गरि उक्त भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारबाट हरसम्भव प्रयासहरु भई रहेको परिप्रेक्षमा सम्भावित प्रतिकूल परिस्थितिमा संक्रमण नियन्त्रण तथा बिरामीको उपचारको लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी वहन गर्न समेत नेपाली सेना तयार रहेको गुल्मपती श्रेष्टले बडिमालिका खवरलाइ जानकारी  दिएका छन्  ।

चर्चामा

सम्बन्धित समाचार