बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी अधिवेशनको तामझाममा

त्रिवेणी अधिवेशनको तामझाममा

  • बिहिबार, जेष्ठ २२, २०७७
त्रिवेणी अधिवेशनको तामझाममा

चक्र बहादुर अएडी — बाजुरा त्रिवेणी नगरपालिका०७७,०७८अधिवेशनको तामझममा लागेको छ । मंगलबार बसेको कार्यपालिकाको बैठकले जेठ २८ गते देखि २९ गतेसम्म भौतिक तथा पुर्वाधार विकास समिति,सामाजिक विकास समिति,आर्थिक विकास समिति लगायतका विषयको बैठक बस्ने भएको छ ।समितिमा वडाबाट आएका योजनाको छलफल गरिने नगरपालिकाले जानकारि दिएको छ । नगरपालिकाका अनुसार वडा बाट आएका योजनहरु असाढ ४ गते बस्ने कार्यपालिकाको बैठकमा लैजाने भयको छ ।

असार ४ गते बस्ने नगर कार्यपालिकाको बैठकले वडा पालिकाबाट आएका योजनाको विषयगत छलफल गरिने र थपघट गर्नुपरेपनि त्यसै बैठकमा गरीने नगर कार्यपालिका सदस्य तथा वडा नम्वर ३ का वडाध्यक्ष मीन भण्डारीले जानकारी दिएका छन् । वडाबाट आएका योजनाहरु विषयगत समितिबाट आएका योजनाहरुको कार्यपालिकाले अनुमोदन गर्ने गरी छलफल गर्ने तयारी भईरहेको वडाध्यक्ष भण्डारीले जानकारि दिएका छन् ।

असार ५ गते निती तथा कार्यक्रम सार्वजनिक गरिने नगर प्रमुख रामसिं रावलले बताउनु भएको छ । असार ४ गतेबाट आएका योजनाको नगर सभाबाट पारित गर्ने गरी निती तथा कार्यक्रम ल्याउने र असार ९ गते नगरसभा संचालन गर्ने निर्णय भएको नगर प्रमुख रावले बताउनु भयो । अहिले कोरोना भाईरसले गर्दा शिक्षा स्वास्थ्य र कृर्षिमा प्रत्यक्ष असर परेको हुदा यो बर्षको बजेट विशेस गरि त्यसैमा बढि जोड त्रिवेणी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ७ का वडाध्यक्ष प्रेम बहादुर थापाले बताए । विश्व महामारिको रुपमा फैलिरहेको नोबेल कोरना भाइरसको संक्रमणको अवस्थालाई मध्येनजर गर्दै बसाई व्यवस्थापनको दुरि कायम गरि नगर सभा संचालन गरिने वडा नम्वर ९का वडा अध्यक्ष विर बहादुर विस्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार