शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम

नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम

  • बुधबार, जेष्ठ २१, २०७७
नेपालमा निसर्ग चक्रवातको प्रभाव : यस्तो रहनेछ आजको मौसम

हाल नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ को आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश नम्बर १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ । महाशाखाले देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बुधबार प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा सामान्य बदली रहि बाँकी भू–भागमा मौसम आशिंक बदली रहनेछ । प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

विहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहेर बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी प्रदेशका भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू–भागमा मौसम सामान्य बदली रहनेछ । सुप प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार