शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना जित्नेको संख्या २६६ पुग्यो

कोरोना जित्नेको संख्या २६६ पुग्यो

  • मङ्लबार, जेष्ठ २०, २०७७
कोरोना जित्नेको संख्या २६६ पुग्यो

काठमाडौं — मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमध्ये २१२ पुरुष र ५४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।

मंगलबार मात्र पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

चर्चामा

सम्बन्धित समाचार